• २२ साउन २०८१, मङ्गलबार

इजरायल जान तीन हजार ४६१ आवेदन स्वीकृत

blog

काठमाडौँ, साउन २२ गते । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्नका लागि दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

दोस्रो चरणमा केयर गिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला गरी तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको छ ।

आवेदकमध्ये कागजात नपुगेका तथा रीत नपुगेका कारण १९७ पुरुष र १२४ महिला गरी ३२१ जनाको आवेदन रद्द भएको विभागले जनाएको छ । केयर गिभरका लागि विभागले गत असार ११ गतेदेखि साउन ११ गतेसम्म एक हजार वैकल्पिकसहित दुई हजार आवेदन आह्वान गरेको थियो । नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाइँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन । 

विभागका महानिर्देशक डण्डुराज घिमिरेले कागजात अपुग भएका ३२१ बढी उम्मेदवारको आवेदन रद्द गर्नु परेको जानकारी दिनुभयो । विभागका अनुसार योग्यता पुगेका दुई हजारलाई छनोट गरेर एक हजारलाई वैकल्पिकमा राखिने छ । विभागले २५ देखि ४५ वर्ष ननाघेको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन वा १२ कक्षा उत्तीर्ण भएको लगायतका मापदण्ड तोकिएको थियो ।