गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–३, हाडहाडेका करिब चार सय घरमा खानेपानीका धारा जडान गरिएको छ। यस वडामा सञ्चालन भएको ठुलामुल लिफ्टिङ खानेपानी आयोजनाबाट व्यक्तिगत घरमा र सार्वजनिक संस्था गरेर कुल ३९२ वटा धारा जडान गरिएको हो।
सत्तारुढ नेकपा (एमाले)का सचेतक सुनीता बरालले हवाई टिकटमा पद र पहुँचको दुरुपयोग गर्ने काम तत्काल रोक्न सरकारसँग माग गर्नुभएको छ ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने सम्भावना बढेका छ । देशमा अशान्ति बढ्दै जाँदा प्रधानमन्त्रीको राजीनामा आउने सम्भावना बढेको प्रधानमन्त्री हसिनाका वरिष्ठ सल्लाहकारले सोमबार एएफपीसँग बताउनुभएको हो ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेका बेला राजधानी ढाका छोडेको उहाँनिकट स्रोतले सोमबार जानकारी दिएको छ ।
सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियासम्म आइपुग्दा यस क्षेत्रका जनताले भोगेका पीडा र समस्यालाई झल्काउने गरी नेपालगन्जमा ‘शान्ति स्मारक’ निर्माण गरिने हुने भएको छ।
बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई दूतावाससँग समन्वय नगरी देश नछाड्न ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।
धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदी पारि रहेको ७५०/२ नम्बरको सहायक पिल्लर कटानको जोखिममा परेको छ ।
प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानविन गर्न सरकारसँग माग गर्नुभएको छ ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई जानकारी दिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने बताउनुभएको छ ।
बाँकेको राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्ध निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् । राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्ध दुई वर्षअघि आएको राप्ती नदीको बाढीले भत्काएपछि राप्ती सोनारी–६ र ७ तथा नरैनापुर गाउँपालिकावासी ६० हजार बढी नागरिक डुबानको उच्च जोखिममा रहेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाएको नेपाली कांग्रेसले मन्त्रीको टुङ्गो लगाएको छ । कांग्रेसको संसदीय दलको सोमबार बसेको बैठकले बहादुरसिंह थापा र मेघराज खड्कालाई सुदूरपश्चिम सरकारमा पठाउने निर्णय गरेको छ ।
त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले बिदाइ भेट गर्नुभएको छ।
केही दिनअघि परेको अविरल वर्षाका कारण मानेभञ्ज्याङ गाउँपालिकाको ठुलीबेँसी र माटेबेँसीमा क्षति पुर्याएको छ । वर्षासँगै आएको खहरे बाढीले मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरको ठुलीबेँसी र माटेबेँसीमा क्षति पुर्याएको हो ।