• २२ साउन २०८१, मङ्गलबार

प्रधानमन्त्री हसिनाले राजीनामा दिने ‘सम्भावना’

blog

ढाका, साउन २१ गते । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने सम्भावना बढेका छ । देशमा अशान्ति बढ्दै जाँदा प्रधानमन्त्रीको राजीनामा आउने सम्भावना बढेको प्रधानमन्त्री हसिनाका वरिष्ठ सल्लाहकारले सोमबार एएफपीसँग बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “राजीनामा दिने कि नदिने भन्ने प्रश्न उठेपछि उहाँको राजीनामाको ‘सम्भावना’ रहेको बताउनुभएको हो ।”

“राजनीतिक अवस्था तरल बनेको छ । सम्भवतः उहाँले राजीनामा दिनुहुन्छ । तर यो कसरी हुन्छ मलाई थाहा छैन,” नाम नबताउने शर्तमा प्रधानमन्त्री निकट एक सहयोगीले भन्नुभयो ।

यसैबिच प्रधानमन्त्री हसिनाका छोराले सोमबार देशको सुरक्षा बललाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा जारी सन्देशमा कुनै पनि गैर–निर्वाचित समूहबाट हुनसक्ने सत्ता कब्जा रोक्न आग्रह गर्नुभएको छ ।

हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका सजीब वाजेद जोयले फेसबुकमा लेख्नुभएको छ, “हाम्रो कर्तव्य हाम्रा जनता र हाम्रो देशलाई सुरक्षित राख्नु र संविधानको पालना गर्नु हो । यसको अर्थ कुनै पनि अनिर्वाचित सरकारलाई एक मिनेट पनि सत्तामा आउन नदिनुहोस्, यो तपाईंको कर्तव्य हो ।” रासस/एएफपी