• २२ साउन २०८१, मङ्गलबार

दूतावाससँग समन्वय नगरी बङ्गलादेश नछाड्न नेपाली विद्यार्थीलाई आग्रह

blog

बाङ्ग्लादेशमा सुरक्षित रहेका नेपाली विद्यार्थी । तस्बिर : बिबिसी

काठमाडौँ, साउन २१ गते । बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई दूतावाससँग समन्वय नगरी देश नछाड्न ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।

नेपाल फर्किन चाहने विद्यार्थी र सम्पूर्ण नेपालीहरुले राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न दूतावासले आग्रह गरेको हो ।

बङ्गलादेशमा चिकित्साशास्त्रको अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीमध्ये करिब चार सय विद्यार्थीसहित सम्पूर्ण नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ । साथै बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको पनि जनाएको छ ।

‘‘बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब चार सय विद्यार्थीसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र उहाँहरुसँग राजदूतावास निरन्तर सम्पर्कमा छ ।’’ राजदूतावासले भनेको छ ।

राजधानी ढाकासहित बङ्गलादेशका अधिकांश ठाउँमा आइतबार साँझदेखि अनिश्चितकालीन कर्फ्यु जारी रहेका कारण दूतावासले आफ्नै तरिकाले बङ्गलादेशबाट बाहिरिने प्रयास नगर्न नेपालीहरूलाई आग्रह गरेको छ ।

बङ्ग्लादेशमा रहेका नेपालीहरू सुरक्षित रहेको पनि दूतावासले जनाएको छ ।

दूतावासले नेपाल फर्किने व्यवस्थाको समन्वयका लागि दुई वटा टेलिफोन नम्बर               सार्वजनिक गरेको छ ।

दूतावासका अनुसार नेपालीहरूले +८८०१८८०६९१०१३ वा +८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्छन् ।