• ११ मंसिर २०८१, मङ्गलबार

सहायक सीमा स्तम्भ कटानको जोखिममा

blog

मोहना नदीको कटानको जोखिममा रहेको सीमा स्तम्भ । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, साउन २१ गते । धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदी पारि रहेको ७५०/२ नम्बरको सहायक पिल्लर कटानको जोखिममा परेको छ । 

जमिन कटान गर्दै मोहना नदी पिल्लर नजिक पुगेपछि जोखिम बढेको हो । कटानको उच्च जोखिममा परेको सहायक पिल्लरलाई बोराको अस्थायी तटबन्ध बनाएर मुस्किलले जोगाएको सशस्त्र प्रहरी उपरीक्षक बलबहादुर पाण्डेयले बताउनुभयो ।

उहाँले सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले मिलेर कटानको जोखिममा रहेको पिल्लर वरिपरि बोरा हालेको जानकारी दिनुभयो । “हामीले बडो मिहिनेत गरेर कटान हुनबाट पिल्लर जोगाएका छौँ”, उहाँले भन्नुभयो ।