• २ माघ २०८१, बुधबार

कर्णालीका मुख्यमन्त्री कँडेललाई दोस्रो पटक विश्वासको मत प्राप्त

blog

नवीन सुवेदी

सुर्खेत, साउन २१ गते।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। 

नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्रले ७ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको थियो। २७ चैत २०८० मा नेकपा माओवादी केन्द्रको समर्थनमा कँडेल मुख्यमन्त्री बन्नुभएको थियो।

४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनका पक्षमा स्वतन्त्रसहित २३ जना प्रदेश सभा सदस्यहरूले मतदान गर्नुभएको थियो। मतदानमा ३७ जना प्रदेश सभा सदस्यहरू सहभागी भएकोमा विपक्षमा १४ मत परेको थियो। 

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, एमालेका सभामुखसहित १०, माओवादी केन्द्रका १३ एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक-एक प्रदेश सभा सदस्य हुनुहुन्छ। 

कांग्रेसका १४ प्रदेश सभा सदस्य मध्ये संसदीय दलका नेता जीवनबहादुर शाही र राप्रपा प्रदेश सभा सदस्य सन्तोषी शाही अनुपस्थित हुनुभयो। अख्तियारले बाइडबढी खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि शाही अहिले निलम्बनमा हुनुहुन्छ।