• २२ भदौ २०८१, शनिबार

जुम्लामा ४६ करोड बढी राजस्व सङ्कलन

blog

आन्तरिक राजश्व कार्यालय, जुम्ला ।

नेत्र शाही

जुम्ला, साउन २१ गते । आन्तरिक राजस्व कार्यालय जुम्लाले आर्थिक वर्ष २०८०।०८१ मा रु ४६ करोड पाँच हजार राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०८०।०८१ म विभिन्न करका शीर्षकबाट सो रकम सङ्कलन भएको छ ।   

प्रमुख कर अधिकृत सुवप्रसाद रिजालका अनुसार लक्ष्य रु. ५९ करोड एक लाख एक हजार मध्य रु ४६ करोड पाँच लाख ७७.९५ प्रतिशत राजस्व सङ्कलन भएको हो । उहाँका अनुसार सङ्कलित राजस्वमध्ये रु. ३१ करोड ५३ लाख २९ हजार आयकरबाट, रु ११ करोड ९३ लाख ४९ हजार मुल्य अभिवृद्धि करबाट राजस्व सङ्कलन भएको छ । यसैगरी घरबहाल करमा एक करोड १३ लाख ७३ हजार छन् । अन्तःशुल्कबाट ८५ लाख ३७ हजार, ब्याजकरबाट रु ५३ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । 

कार्यालय प्रमुख सुवेदीका अनुसार पछिल्लो समय राजस्व अनलाइन प्रणाली आईपिएस लगायतबाट बुझाउँदा सजिलो भएको छ । यसैगरी जुम्ला, कालिकोट र मुगुको जिम्मेवारी लिएको यस कार्यालय अन्तरगत साना तथा मझौला व्यवसायी केही करको दायरामा नआउने र केही करविवरण र कर समयमा नबुझाउने समस्या भएको छ । 

कार्यालयले जनाए अनुसार त्यस्ता कर व्यवसायीलाई कर छुटको समेत व्यवस्था छ । आर्थिक ऐन २०८१ अनुसार करको दायरमा नआएका अब आउनेलाई २०७८।०७९ यताको कर र विवरण मात्रै बुझाएर विवरण मात्रै बुझाए कारोबारको हिसाब बुझाउनुपर्ने छैन । पान नम्बर लिएका कर र कर विवरण नबुझाएकालाई अन्य अन्य विवरण र कर मात्र बुझाएमा सबै जरिवाना र शुल्क छुट लाग्ने व्याज २५ प्रतिशतको ७५ प्रतिशतको ब्याज छुट हुनेछ । भ्याट विवरण महिनावारी नबुझाउनेको सबै कर विवरण बुझाउन आएमा सबै जरिवाना छुट हुनेछ ।