चितवनको नारायणगढ बजार क्षेत्रमा आइतबार दिनभरको प्रयासपछि बाघ नियन्त्रणमा लिइएको छ । दिनभर फिल्डमा खटिनुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बाघको डार्ट टिङ्कुलाइजर सफल भएको जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दिनभरको प्रयास र थप हात्ती ल्याएर घेराबन्दी गरेपछि बाघलाई डार्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले नियन्त्रणमा लिएको बाघ दुई मिटर ७७ सेन्टिमिटर लम्बाइको भाले बाघ भएको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्पन्न भएको चार दिनमै नतिजा प्रकाशन गरेको छ । यही साउन ९ गते सकिएको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित गरिएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार प्रथम वर्षको परीक्षा सकिएको चौथो दिन साउन १३ गतेदेखि नतिजा प्रकाशन सुरु गरेर शनिबार सकिएको छ । साउन १३ गते प्रथम वर्षका अङ्ग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र, अर्थशास्त्रलगायतका विषयको नतिजा सार्वजनिक गरिएको थियो ।
प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरूको लाठी, छुरा र बन्दुकसहित आइतबार सरकार समर्थक समर्थकहरूसँग झडप हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
दाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) इकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले आर्थिक वर्ष २०८०र८१ मा मात्रै यहाँ पाँच पर्यटकले ज्यान गुमाएको जानकारी दिनुभयो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र थप प्रभावित हुने अवस्था अब नआउने बताउनुभएको छ ।
हमास प्रमुख इस्माइल हानियाको हत्यापछि इरान र इजरायलबीच तनाव बढ्ने आशङ्का बढ्दै गएपछि जोर्डनका विदेशमन्त्री अयमान सफादीले आइतबार इरानका अधिकारीहरूसँग वार्ता गर्नुभएको छ ।
काठमाडौँ, साउन २० गते । काठमाडौँ महानगरपालिका–७ कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ । महतको आज विहान हत्या भएको प्रहरीको भनाइ छ ।पक्राउ पर्नेमा ओखलढुङ्गा मानेभञ्जयाङ गाउँपालिका–९ माधबपुर घर भएकी २४ वर्षीया उषा नेपाली तथा सोही ठाउँका २७ वर्षीय मदन रम्तेल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “आज कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडामा लिई एक महिनादेखि बस्दै आएका श्रीमान श्रीमतीमध्ये पुरुष २० वर्षीय प्रेम महत दर्जी मृत अवस्थामा फेला परेकाले मृतकको श्रीमती उषा सार्की र मदन रम्तेललाई पक्राउ गरिएको हो ।”घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने विषयलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।
जुम्ला कारागारमा एक कैदीको मृत्यु भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा सरकार रहेको बताउनुभएको छ।
इजरायल र हिजबुल्लाहबिच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबिच फ्रान्सले आइतबार लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको प्रशिक्षणका लागि खेलाडी टोलीको घोषणा गरेको छ ।
देशकै सबैभन्दा ठुलो नदी सप्तकोशीको कोशी ब्यारेज पुलमा सर्वसाधारणको चाप र बोलबम जानेहरूको आगमनलाई ध्यानमा राखेर पुलमा पैदल हिँड्न र चढ्न निषेध गरिएको छ ।
चीनले घरेलु खपत बढाउने उद्देश्यले निर्देशनहरूको सूची जारी गरेको छ । विश्वको दोस्रो ठुलो अर्थतन्त्रमा न्यून घरेलु खपतले विकासलाई कमजोर बनाएको छ ।