घोराही समाचारदाता
घोराही, साउन २० गते । दाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तुलसीपुरदेखि सल्यानको पिङखोला जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतबारर साँझ साँढे ६ बजेतिर शान्तिनगर गाउँपालिका–१ हाडीचारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार दुर्घटनामा सल्यान जिल्ला त्रिबेणी गाउँपालिका–३ टोटके निवासी करिव ५० बर्षीय यामबहादुर केसीको मृत्यु भएको छ । प्रहरी उपरीक्षक तिमल्सिनाका अनुसार दुर्घटनापछि जीपले च्यापिएर केसीको मृत्यु भएको हो ।
जीपमा सवार अन्य आठ जना रहेको उनीहरुको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । प्रारम्भीक अनुसन्धानका क्रममा अप्ठेरो बाटोमा तीव्र गतीमा रहेको जीव कन्ट्रोल नभएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।