• २० साउन २०८१, आइतबार

आफ्ना नागरिकलाई लेबनान छोड्न फ्रान्सको आग्रह

blog

फाइल तस्बिर

पेरिस, साउन २० गते । इजरायल र हिजबुल्लाहबिच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबिच फ्रान्सले आइतबार लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।  

“लेबनान भ्रमण गर्ने र त्यहाँ रहेका फ्रान्सेली नागरिकलाई त्यहाँको सुरक्षा अवस्थाप्रति ध्यानाकर्षण गराउन चाहन्छौँ र उनीहरूलाई तत्काल लेबनान छोड्न र आफ्नो देश फर्कन आग्रह गर्दछौँ,” लेबनानका लागि यात्रा सूचनामा फ्रान्सेली विदेश मन्त्रालयले भनेको छ ।   

फ्रान्सेली विदेश मन्त्रालयले बिहीबार फ्रान्सका लागि व्यावसायिक उडानको निरन्तर उपलब्धतालाई जनाउँदै सूचनापत्र जारी गरेको थियो । फ्रान्सले अनुमानित २३ हजार नागरिक लेबनानमा बस्ने गरेको जनाएको छ र गत महिना लगभग १० हजार फ्रान्सेली नागरिकहरू लेबनान भ्रमण गरिरहेका थिए । 

स्विडेनले पनि बेरुतमा रहेको आफ्नो दूतावास बन्द गर्ने घोषणा गर्दै आफ्ना नागरिकलाई तत्काल देश छोड्न आह्वान गरेको छ । मन्त्रालयले आइतबार इरान र यसका सहयोगीहरूले हमासको राजनीतिक नेताको हत्याको लागि इजरायललाई दोष दिँदै बदला लिने धम्की दिएपछि क्षेत्रीय द्वन्द्वको डरले फ्रान्सेली नागरिकलाई तत्काल लेबनान यात्रा नगर्न आग्रह गरेको हो । 

तेहरानले पनि हमास र लेबनानसँग सम्बद्ध इरान समर्थित लडाकु समूह हेजबुल्लाहले जस्तै इस्माइल हानियाको बुधवार भएको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ । रासस/एएफपी