काठमाडौँको कमलादीस्थित स्काई टावरबाट खिचिएको सुन्धारामा अवस्थित धरहरा ।
पाँचथरमा एक वर्षमा दुई सय ३७ वटा अपराधका घटना दर्ता भएका छन् ।
उत्तरी वेस्ट बैंक सहर तुलकर्म नजिकै एउटा गाडीलाई लक्षित गरी इजरायली ड्रोनको आक्रमणमा परेर चार प्यालेस्टाइनीको मृत्यु भएको छ। प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफालेका अनुसार आक्रमण लगत्तै चार जनाको मृयु भएको हो।
मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा नेकपा (एमाले) नेतृत्वको सरकारमा नेपाली कांग्रेसकोतर्फबाट सहभागी हुने चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैल्याउने मुलुकमा क्रियाशील रहेको बताउनुभएको छ।
जिल्लाको मङ्गला गाउँपालिका–२ र्यालेखोरमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माण भएको छ । सौर्य ऊर्जाको प्रयोग गरेर र्यालेखोर बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरी वितरण गरिएको हो ।
कोहलपुरका साहित्यकार सागर गैरेको तेस्रो कृति उपन्यास ‘मोहोर’ को विमोचन गरिएको छ ।
इजरायलको तेल अभिभको बाहिरी क्षेत्रमा छुरा प्रहारबाट आइतबार एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
शिक्षा सेवा आयोगका सदस्य नन्दकुमारी महर्जनले देशको माटो सुहाउँदो शिक्षा नीति आवश्यक भएको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गर्नुभएको छ ।
नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।
नेपाली काँग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दावी गर्नुभएको छ।
गोरखामा ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले विद्यालय शिक्षा ऐन निर्माणमा शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिले छलफललाई निरन्तरता दिएको बताउनुभयो ।
कार्यालय र इस्मा गाउँपालिकाको समन्वयमा १४ जना महिला र २ जना पुरुषलाइ गरी १६ जनालाई एक महिने माटाका भाडा बनाउने सीप प्रदान गरिएको हो ।