• १० मंसिर २०८१, सोमबार

प्युठानमा दुई जनामा हैजा पुष्टि

blog

सुजल श्रेष्ठ 

प्युठान, साउन २० गते । प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाका दुई जना बिरामीमा हैजा पुष्टि भएको जिल्ला अस्पताल प्युठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

गौमुखीका १२ र ३५ वर्षका पुरुषमा हैजा भेटिएको हो । "तीन जना बिरामीको नमुना परीक्षणका लागि बुटवल पठाइएको थियो," पौडेलले भन्नुभयो, "दुई जनामा पोजेटिभ रिपोर्ट आएको छ।"

जिल्ला अस्पतालमा ६ जना झाडापखालाको बिरामीमध्ये तीन जना उपचार पछि घर फर्केका छन् । तीन जनाको हाल उपचार भइरहेको समेत उहाँले जानकारी दिनुभयो । उनीहरूको अवस्था सामान्य रहेको र दुई वा तीन दिनमा डिस्चार्ज गरिने समेत उहाँले जानकारी दिनुभयो ।