• १२ मंसिर २०८१, बुधबार

मधेश सरकार गुरुदेवको शोकमा : राष्ट्रिय झन्डा आधा झुकाइयो

blog

शोकमा आधा झुकाइएको राष्ट्रिय झन्डा। तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, साउन २० गते। मधेश प्रदेश सरकारले आइतबार नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ। मधेश प्रदेश निवासी शास्त्रीय सङ्गीतका साधक एवम् लोकप्रिय गायक गुरुदेव कामतको शोकमा प्रदेश सरकारले नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएका हो। 

मधेशको सिरहा जिल्लाको पतारी गाउँपालिका वडा नम्बर २ पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको गत १७ गते बिहीबार निधन भएको थियो। गायक कामतको दुवै मिर्गौला काम गर्न छाडेपछि आर्थिक अभावमा पूर्ण उपचार गराउन नसक्दा निधन भएको थियो। 

प्रदेश सरकारले कामतको असामयिक निधनले स्तब्ध भएको भन्दै सम्मानका लागि आधा झण्डा झुकाउने निर्णय गरेको थियो। प्रदेश सरकारको सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभएको छ।

आइतबार दिनभर आधा झण्डा झुकाएर प्रदेशका सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्यालयले उल्लेख गरेको छ।