संविधान अनुसार नेपाल बहुधार्मिक तर धर्म निरपेक्ष राज्य हो । धर्मका आधारमा कुनै पनि प्रकारको भेदभाव नगरिने मौलिक हकको प्रत्याभूति छ । राज्यको कुनै धर्म हुँदैन, त्यसैले राज्यको चरित्र धर्म निरपेक्ष छ । धर्म निरपेक्षको सीधा अर्थ धार्मिक वा आध्यात्मिक नहुनु हो । यौन र प्रेम झैँ धर्म पनि नितान्त निजी मामिला भएकाले यसको सार्वजनिक प्रदर्शन गर्नु हुँदैन ।
रोजगारी खुम्चिएको कारण अनुत्पादक क्षेत्रमा लगानी बढ्दै गएको छ । बजेट कार्यान्वयन साउनदेखि गराउन जेठ १५ गते नै बजेट ल्याउन थालिएको केही वर्ष भइसकेको छ । बजेट कार्यान्वयन हुन सकेको छैन । मौद्रिक नीतिले वित्तीय नीतिलाई सहयोग पु¥याउने गरी काम गर्छ । आर्थिक वर्ष २०५९/६० देखि प्रत्येक वर्ष मौद्रिक नीति जारी गर्न थालिएको हो । वित्तीय नीति सरकारले जारी गर्ने गर्छ भने मौद्रिक नीति हरेक देशका केन्द्रीय बैङ्कहरूले जारी गर्छन् । सरकारको वित्तीय नीति प्रभावकारी हुन सकेन भने मौद्रिक नीतिले मात्रै अर्थतन्त्रमा सुधार गर्न सक्दैन । मूल रूपमा मौद्रिक नीतिले पैसा अर्थात् मुद्राको माग र आपूर्तिको व्यवस्थापन गर्छ ।
गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ । ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
सरकारी स्वामित्वको निर्जीवन बिमा कम्पनी राष्ट्रिय बिमा कम्पनी लिमिटेड स्थापनाको ११ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीको ११ औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालको निर्जीवन बिमा बजारको विकास र विस्तारमा महìवपूर्ण योगदान गर्न प्रयत्नशील रहन राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई आग्रह गर्नुभयो । सरकारी स्वामित्वको कम्पनी भएकाले सबैभन्दा ठुलो व्यवसाय बनाउँदै देशको अग्रणी कम्पनी बन्न उहाँको आग्रह थियो । नियामकले तोकेको पुँजी पु¥याउने, रोकिएको लेखा परीक्षण समयमै सम्पन्न गरी संस्थाको विश्वसनीयता माथि उठाउने गरी काम गर्न पनि उहाँको आग्रह थियो ।
निर्देशक लक्ष्मण सुवेदीको नयाँ सिनेमा ‘सतीदेवी’ को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरमा महिला सशक्तीकरण, पारिवारिक उल्झन, सामाजिक सोच तथा छोरीले आफ्नो बाबुआमाको खुसीका लागि गर्ने तपस्याको विषय निकै मार्मिक रूपमा प्रस्तुत गरिएको छ । छोरा पाउने चाहनामा छोरी छोरी जन्मिएका अभिभावकले समाज, छरछिमेक, आफन्तीबाटै पाउने अपहेलना, अवगाल तथा होच्याइँ र हेलाको प्रशङ्ग निकै हृदयस्पर्शी रूपमा चलचित्रमा देखाइएको छ ।
दोलखाको सदरमुकाम चरीकोट बजारको चोक र सडकमा यतिखेर लाखेनाच प्रदर्शन सुरु भएको छ । प्रत्येक दिनको साँझपख प्रदर्शन गरिने लाखेनाच हेर्न बालबालिका, ज्येष्ठजन, युवालगायत भेला हुँदा चरीकोट बजारमा रौनक देखिने गरेको छ । नेवार समुदायका युवाले २०१५/१६ सालबाट चरीकोटमा सुरु गरेको लाखेनाच प्रदर्शनलाई अहिले लालीगुराँस युवा क्लबले निरन्तरता दिइरहेको क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले बताउनुभयो । कृष्ण जन्माष्टमिको भोलिपल्टसम्म लगातार प्रदर्शन गरिने लाखेनाचले सांस्कृतिक किंवदन्तीलाई जीवन्त राख्न र सांस्कृतिक परम्परासहित बजारमा रौनक ल्याउन क्लबले लाखेनाच प्रदर्शनलाई निरन्तरता दिएको उहाँको कथन रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारले कलाले मात्र नभएर अन्य कार्यमार्फत पनि समाजको समस्या चिन्न सक्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक चलचित्र ‘नमेटिने घाउ’ मा शनिबार स्वराङ्कन गर्ने क्रममा सो धारणा व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले चलचित्रको स्वराङ्कनपछि भन्नुभयो, “एसिड पीडितलाई न्याय दिलाउने काममा सरकार तत्परतासाथ लागिपर्छ । अब पीडकले दण्ड पाउने छन् । सरकारले सबैलाई न्याय दिन्छ ।”
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना मझौला उद्योगमा रहेकाले यस्ता उद्योगको प्रवर्धन र विकासमा सरकारले जोड दिएको बताउनुभएको छ । उद्योग मन्त्रालय र महासङ्घका पदाधिकारीबिच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताउँदै उहाँले आत्मनिर्भर अर्थतन्त्रको मुख्य आधार लघु एवं घरेलु साना तथा मझौला उद्योग रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतासाथ अन्तर्राष्ट्रिय उडान प्रयोगमा ल्याउन सरकार लागि परेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार आफ्नो फेसबुकमार्फत थाई एयर एसियाले साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको जानकारी गराउँदै त्यससम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रीपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालनसम्बन्धी योजना पेस गर्नेजिम्मेवारी तोकेको बताउनुभएको छ ।
संयुक्त दलित नागरिक आन्दोलनले मन्त्रीपरिषद् र राजनीतिक नियुक्तिमा समानुपातिक समावेशी प्रतिनिधित्वको माग गरेको छ । आन्दोलनले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारमा र हालै १८ देशमा राजदूत नियुक्ति सिफारिस हुँदा एक जना पनि दलित सिफारिस नभएको उल्लेख गर्दै समावेशी प्रतिनिधित्वको माग गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकलाई आग्रह गर्नुभएको छ । विश्वका छानिएका भ्लगरहरूको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी सो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ को प्रिमियर सो कार्यक्रममा प्रधानमन्त्री ओलीले एक पटक नेपाल भ्रमणमा आएपछि जोकोहीलाई अर्को पटक आफैँ आऊँ आऊँ लाग्ने बताउनुभयो ।
यस वर्षसम्म मङ्किपक्स मामिलाहरू १६० प्रतिशतले बढेको अफ्रिकाका विभिन्न अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रधानमन्त्री शेख हसिनाको सरकारले प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको विरोधमा विद्यार्थी नेताहरूले शनिबार देशव्यापी नागरिक अवज्ञा अभियानको घोषणा गरेका छन् । देशव्यापी नागरिक अवज्ञा अभियानका आइतबारदेखि शुरू गर्ने उनीहरूले जनाएका छन् ।
मिस नेपाल–२०२४ को उपाधि आश्माकुमारी केसीले उचाल्नुभएको छ । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणको उपाधि भिडन्तमा रहेका २५ सुन्दरीलाई पछि पार्दै आश्मामा ‘मिस नेपाल वर्ल्ड’को उपाधि पाउनुभएको हो ।