सर्लाहीको लालबन्दीमा घाँस काट्न जङ्गल जानुभएका खिलराज खड्का शनिबार बिहान मृत फेला पर्नुभएको छ ।
समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खयरखोला क्षेत्रमा फुलेको फूल । बर्खायाममा म्याग्दीका लेकाली क्षेत्र रङ्गीचङ्गी फूल फुलेर रमणीय बनेका छन् ।
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ प्रिगाउँ निवासी ५० वर्षीय बालाराम वलीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
हिमाल पारीको गाउँपालिका चुमनुब्री गाउँपालिका – ३ जगतमा दुई महिनादेखि बन्द स्वास्थ्य इकाई सञ्चालनमा आएको छ ।
नवलपुरको देवचुली मुण्डे–कीर्तिपुर–बन्दिपुर सडकखण्ड कालोपत्रे भएको छ । कालोपत्रे हुँदा यहाँका स्थानीयलाई सहज भएको छ ।
स्याङ्जाको हरिनास गाउँपालिका–५ का रामु लम्साल क्षेत्रीले तीन वर्ष अगाडि ५२ लाख खर्चेर पाँच रोपनी खेत किन्नुभयो।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार बिहान भएको सुमो दुर्घटनामा दुई नेपालीसहित आठ भारतीय नागरिक घाइते भएका छन् । घाइते १० जनाको पहिचान खुलेको छ ।
उत्तरपूर्वी इङ्ल्याण्डकोे सन्डरल्याण्डमा शुक्रबार साँझ भएको हुलदङ्गामा अधिकारीहरूले गम्भीर र निरन्तर हिंसाको सामना गरेको प्रहरीले बताएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यहाँ रहेका उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा प्रदेश सरकारले सकारात्मक सहयोग गर्ने बताउनुभएको छ ।
यस हप्ताको सुरुमा तेहरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्याले मध्यपूर्व क्षेत्रमा तनाव बढ्दै जाँदा अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको सिएनएनले जनाएको छ ।
कालीकोट र जुम्ला जिल्लाका पाँच सयभन्दा बढी बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका र कालीकोटको शुभकालिका गाउँपालिकामा जोखिममा रहेका बालबालिकाका घर परिवारलाई पछिल्लो समय खाद्यान्न सहयोग गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका-३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो ।
जिल्लामा दुई महिनाको अवधिमा एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् ।
सिन्धुली जिल्लामा राष्ट्रिय विद्युत प्रसारण लाइन विस्तारका क्रममा गाडिएका जीर्ण बनेका काठको पोल नहटाउँदा जोखिम बढ्दै गएको छ ।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।