पछिल्लो समय ‘स्टार्टअप’ व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्दो छ । सिर्जनशील सोच भएका यहाँका केही युवाहरूले अनलाइनमार्फत जीवनसाथी खोज्न सघाउने ध्येयले ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी खोलेका छन् ।
अविरल वर्षाको कारण आएको पहिरोमा परेर रुकुमपश्चिमका विभिन्न बस्तीहरू पहिरोको उच्च जोखिममा रहेको छ । पहिरोले एक गोठ पुरिदा नौ बाख्रा मरेका छन् ।
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले)को सहकार्य राजनीतिक स्थिरता, स्थायित्वका लागि भएको बताउनुभएको छ ।
इलामको पशुपतिनगरमा रहेको इलाका प्रहरी कार्यालयमा महिला प्रहरीका लागि निर्माण गरिएको आवास गृहको उद्घाटन गरिएको छ ।
बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुले गत आर्थिक वर्षमा जिल्लाका ४५७ किसानको खेती र पशु धनमा क्षति गरेको निकुञ्जले जनाएको छ ।
झापामा यस आर्थिक वर्षमा १०८ जना नागरिकले नेपाली नागरिकता त्यागेर गैह्र आवासीय नागरिकता लिएको पाइएको छ ।
ट्राफिक प्रहरीले सडकमै राखेर पैदल यात्रु र विद्यार्थीहरूलाई जनचेतना जगाउँदै कार्यक्रम सञ्चालन गरेको छ । सडक दुर्घटना कम गराउन र पैदल यात्रुहरूलाई ट्राफिक नियमबारे अभिमुखीकरण गर्न नेपाल विद्यार्थी सङ्घले सो कार्यक्रमको सञ्चालन गरेको हो ।
दाङमा खोलाले अटो बगाउँदा बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ । जिल्लाको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाउँदा दुई जना बेपत्ता हुनुभएको थियो ।
थाइ एयर एसियालाई भैरहवाबाट थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति दिइएको छ । शनिबार एक्स मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले उडान अनुमति दिइएको जानकारी दिनुभएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–६ पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट शुक्रबार एक साइकलयात्रीको मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आउनुभएको छ । उहाँले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लाग्नुभएका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आउनुभएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । शनिबार बिहान ७ बजेर २० मिनेटको समयमा सिस्नेरी सडक खण्डमा काठमाडौँबाट वीरगन्ज तर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उत्तरी गोरखामा पहिरोमा पुरिएका एक जनाको सब फेला परेको छ । फेला परेको सब आरुघाट गाउँपालिका–८ लामागाउँका २४ वर्षीय रमेश परियार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
झापामा नगदेबालीका रूपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् ।
“आइया,” अनायासै डा. बद्रीलाल विश्वकर्माको मुखबाट सानो आवाज फुत्किहाल्यो । उता मुर्दाघरमा रामसिंह देउला लासको टाउ