• १९ साउन २०८१, शनिबार

थाइ एयरलाई भैरहवामा सातामा चार उडान गर्ने अनुमति

blog

काठमाडौँ, साउन १९ गते । थाइ एयर एसियालाई भैरहवाबाट थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति दिइएको छ । शनिबार एक्स मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले उडान अनुमति दिइएको जानकारी दिनुभएको हो । 

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रूपमा उपयोग गर्ने काममा जुटेको बताउनुहुँदै थप वायुसेवा कम्पनीहरूसँग समेत उडानका लागि छलफल भई रहेको उहाँले जानकारी दिनुभएको छ ।