गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर –४, अर्खलेस्थित तम्घास–सिमलटारी पक्की सडक खण्डमा जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ ।
लामो समय अन्तर्राष्ट्रिय उडानविहीन भएको भैरहवास्थित गौतमबुद्ध विमानस्थल अब भने केही चलायमान हुने अपेक्षा बढेको छ । थाई एयर एसियाले बैंकक-भैरहवा सातामा चार दिन उडान गर्ने भएपछि विमानस्थलसँगै लुम्बिनी क्षेत्रमा चहलपहल बढ्ने अपेक्षा गरिएको हो ।
मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो ।
पर्यटकीय गन्तव्यका लागि प्रमुख मानिएको इलाम नगरपालिका र देउमाइ नगरपालिकाबिच पुवाखोलामा निर्माणाधिन झोलुङ्गे पुलको निर्माण सम्पन्न नहुँदै पुल हेर्नेको घुइँचो लाग्न थालेको छ ।
नेपाल विद्युत प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इन्चार्जसहित दुई जना कर्मचारीमाथि कुटपिट भएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताउनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीहरूको भुक्तानी चाँडो दिइने बताउनुभएको छ । शनिबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री दाहालले निर्माण व्यवसायीहरूको भुक्तानी छिटोभन्दा छिटो दिइने बताउनुभएको हो ।
सत्तारुढ नेकपा (एमाले) का सचिव एवम् संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सबै राजनीतिक दलहरूलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताउनुभएको छ ।
ठूलीदहका रुपमा परिचित मुसीकोट नगरपालिका –७ मा रहेको यस स्थानले पछिल्लो समय पर्यटक तानिरहेको छ।
आसन्न चुनावका लागि अमेरिकी डेमोक्राटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ ।
दक्षिणपश्चिम चीनमा गएको पहिरोका कारण राजमार्गको पुल भत्किँदा कम्तीमा पाँच जना बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन् ।
स्विडेनले लेबनानको बेरुतस्थित आफ्नो दूतावास बन्द गरेको शनिबार जनाएको छ । हजारौँ नागरिकलाई लेबनान छोड्न आग्रहसहित गाजामा युद्ध बढ्न सक्ने सम्भावना पछि दूतावास बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।
खरा महानगरपालिका–१६ ढिकीडाँडाबाट देखिएको हरियाली धान खेत र बस्ती ।
डुडुवा खोलामा आएको बाढीमा दाउरा टिप्न गएका कोहलपुरका एक पुरुषको शव तीन दिनपछि भेटिएको प्रहरीले जनाएको छ।