• १९ साउन २०८१, शनिबार

जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक घाइते

blog

रमेश विश्वकर्मा
गुल्मी, साउन १९ गते ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–४, अर्खलेस्थित तम्घास–सिमलटारी पक्की सडक खण्डमा जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् । मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका वडा नम्बर–४, अर्खले बस्ने अन्दाजी २२ वर्षीय निशान भट्टराई घाइते हुनुभएको हो ।

तम्घासबाट धुर्कोटतर्फ जाँदै गरेको धुर्कोट गाउँपालिका वडा नम्बर–४, जैसिथोक बस्ने अन्दाजी ३५ वर्षीय मानबहादुर सुनारले चलाएको लु १ च ३७३४ नम्बरको जिपले विपरीत दिशा अर्खलेदेखि तम्घासतर्फ आउँदै गरेको लु १० प १२६९ नम्बरको मोटरसाइकल दिउँसो करिब ३ः३० बजेको समयमा एकआपसमा ठक्किएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

घाइते हुनुभएका मोटरसाइकल चालक भट्टराईको दाँया खुट्टामा सामान्य चोट लागेको छ । मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ, भने जिपको दाँया साइडको भाग कुच्चीएको छ । दुबै सवारी साधनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।