सङ्खुवासभाको चैनपुर नगरपालिका ११ लोहाकोटको सेल्फी डाडाबाट बिहीबार दिउसो देखिएको अरुण उपत्यकास्थित अरुण नदी र सभा खोला बीचमा रहेको खाँदबारी नगरपालिका ९ तुम्लिङटार क्षेत्रको मनोरम दृष्य ।
एउटा सानो कुरालाई लिएर पनि उनीहरू विभुको बहिष्कार गर्थे । सम्पूर्ण बहिष्कार । कक्षामा कसैलाई ऊसँग बोल्न दिँदैनथे । साथीहरूले उसको दुःख नबुझिदिएकोमा विभु झन् दुःखी हुन्थ्यो । घरबाट आमाले अर्ती दिएर पठाउँथिन्, “साथीहरूसँग मेल राख्नू । झगडा नगर्नू ।” साथीहरू थिए तर ऊसँग मेल राख्न नखोज्ने । उसलाई सताइरहने । सताउने उपाय उनीहरूको अत्यन्त अनौठो हुन्थ्यो । भन्थे, “विभु, जा आज तँ सजिलो काममा परिस् । भोलि तैँले हाम्रो होमवर्क गरेर ल्याउनू ।” यो पनि कुनै सजिलो काम थियो ? उसले साथीहरूलाई भन्थ्यो, “घरमा आमालाई सघाउनु पर्छ ।” उनीहरूले भने, “तेरी आमा हाम्रो घरमा काम गर्ने त हो । हामीले भनेका छौँ भनेपछि तेरी आमाले पनि गरिदे न त त्यति होमवर्क भन्ने त हो । अनकन नगर । नत्र तँ हामीभन्दा बाहिर हुन्छस् ।”
सल्यान क्षत्रेश्वरी गाउँपालिका ६ स्थित साँघारको धान खेती गरिएको फाँट ।
म तिम्रो आकृति तस्बिर, कला, प्रतिमामा आए पनि सौन्दर्य र सुवासमय आओस् भन्छु ।
खुसी लाख भर्छु तिमीले भने सयौँ सिन्धु तर्छु तिमीले भने टिपी जूनतारा म आकाशको सिँढीबाट झर्छु तिमीले भने
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सूचनाको हकले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने बताउनुभएको छ । शुव्रmबार धनुषाको लालगढमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सुशासन
नेपाली राजनीतिक आकाशमा निडर र निर्भीक भएर आजीवन सङ्घर्षमै जीवन बिताउने एक नेता हुन्, प्रदीप गिरि । मैले सानैमा सुनेको र पछि विभिन्न अन्तर्वार्तामा पनि प्रत्यक्ष अनुभूत गरेको बौद्धिक, उच्च राजनीतिक चेत भएका र हक्की व्यक्तित्वका रूपमा उहाँलाई पाएँ । उहाँको जस्तो बौद्धिक चिन्तनको मन्थन अन्य विरलै नेताहरूमा पाएको छु, आजपर्यन्त । ‘मैले चिने–जाने–बुझेका प्रदीप गिरि’ स्मृतिग्रन्थमा प्रधान सम्पादक भारती सिलवाल गिरिको प्रदीप गिरिप्रतिको गहिरो मायाप्रेम, निकट भाष्य र सम्बोधन जस्तै तँ, तिमी र ऊ जस्ताबाट भएको पाइन्छ । वास्तवमा करिब ४२ वर्षसम्मको उहाँहरूको दाम्पत्य जीवनलाई ठुलो उपलब्धि नै मान्न सकिन्छ । आफ्ना अन्तरमनका मतभेदहरूसँग जागरुकताका साथ लडिरहने प्रदीप गिरिको आफ्नो भित्री व्यक्तित्वचाहिँ विरोधाभासपूर्ण थियो भने देशविदेशका राजनीतिक पृष्ठभूमिको स्वाध्याय र शैक्षिक ज्ञानले उहाँलाई नेपाली राजनीतिक वृत्तमा
कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कञ्जमा घाँसहरु बटुलेर रुखको हाँगामा गुँड बनाउँदै तोप चरा । आफू बस्ने बासस्थान कलात्मक ढाँचामा बनाउने भएकाले यसलाई शिल्पी चरा भन्ने गरिन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
निरन्तर चलायमान भइरहने जीवन, त्यसैप्रतिको अगाध आस्थाको चौतारी हो, हरियो साउन । जस्तै हुरीबतास र झञ्झावातमा पनि अविचलित अभेद्य आत्मविश्वासको प्रतिविम्ब हो हरियो साउन । वर्षभरि घुम्दैफिर्दै आउनेमध्ये सबैभन्दा गर्विलो रसिलो, बहारिलो महिना हुनु साउनको साख । हरियालीको लाली भरेर मैलो मनभित्रका कुण्ठा, क्लेश कल्मष एकैसाथ पखालौँ भन्ने अभ्यर्थनाको अभिधेय हो साउन । पृथ्वीलाई बचाउने सञ्जीवनी लिएर पाखाभित्ता र खोलाकिनारका जरुवामा मूल फुटिरहूँ, बीज बनेर खेत बारीमा सधैँ उम्रिरहूँ, पोथ्रा बुटाहरूमा पालुवा पलाएर आकाश छुन माथिमाथि बढौँ, बढीरहूँ भन्ने सङ्कल्प साधनाको तथास्तु अभिषेक पनि हो साउन । सधैँ दूरदूर फैलिरहूँ सधैँ क्षीतिजभरि मौलाइरहूँ सधैँ अजरअमर बनेर तीन लोक चौध भुवनमा हाँगा, पालुवा लर्किरहूँ भन्छ यसले । खोला खोल्सादेखि कालीगण्डकी र कोशीमा उर्लिएर प्रवाहित हुँदै भरिलो बैँसमा पोखिने साउन अनि फोहोरका डङ्गुरलाई गाउँसहरबाट लफन्ड्या
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
पौराणिककालको मिथिला अथवा विदेह राज्यको राजधानी भनेर जनकपुरधामको परिचय दिने गरिन्छ । यस राज्यका जनकवंशी राजाहरूमध्ये शिरध्वज जनक महाराज सबैभन्दा चर्चित रहेकाले अहिलेसम्म उहाँको गुणगान हुने गर्छ । जानकी वा सीताका पालनहार राजा जनकको मन्दिर जनकपुरधाममा छ । हुन त यो मन्दिरभन्दा बढी चर्चा र पर्यटकको रोजाइमा जानकी र राममन्दिर पर्छन् । जनकपुरधाम पुग्ने प्रायः पर्यटक तथा धार्मिक भ्रमणमा रहेका व्यक्ति जलेश्वर, मटिहानी र रतवारा भ्रमण गर्न चुक्छन् । यो ठाउँ जनकपुरबाट १५ किलोमिटर मात्र टाढा छ । आरामदायी चारचक्के साना सवारीसाधनदेखि टुकटुके, ट्याम्पोबाट मात्र नभई सार्वजनिक यातायातबाट समेत यी ठाउँको भ्रमण गर्न सकिन्छ । यस क्षेत्रभित्र साउन महिनामा घुम्दा शिवमय अर्थात् हरेक ठाउँका शिवालय सोमबारका दिन श्रद्धालुले भरिभराउ भेटिन्छन् ।
ऐतिहासिक सिन्धुलीगढीका बारेमा चर्चा गर्दा नेपाल–अङ्ग्रेज युद्ध साथमा जोडिएर आउँछ । क्याप्टेन किनलकको नेतृत्वमा आएका दु्ई हजार चार सय अङ्ग्रेज फौजलाई गोरखाली सेनाले लखेटेको घटनाले सिन्धुलीगढीको इतिहासलाई थप रोमाञ्चक बनाइदिएको छ । सिन्धुलीगढीमा ऐतिहासिक महत्वका साथै यस आसपासका गाउँमा बसोबास गर्ने स्थानीय बासिन्दाको सभ्यता जोडिएको छ । गोरखाका राजा नरभूपाल शाह वृद्ध भइसकेका थिए ।
रातो मत्स्येन्द्रनाथलाई तान्त्रिक वन्धुदत्तले कामरुकामाक्षबाट ल्याएका थिए । प्रथम पटक मत्स्येन्द्रनाथको हंसलाई कलशमा राखी ल्याउँदा कामरुकामाक्षका तान्त्रिकले त्यहाँका जनतालाई साथमा लिई आएर बिच बाटोमै हमला गरी कलश लुटेर लगे । त्यसपछि दोस्रो पटक तान्त्रिक वन्धुदत्तले कटुवाल दहको छेउमा बसी अष्टमातृकाको साधना गरी पाँच भैरव ह्यग्रिव भैरव, श्वेत भैरव, संहार भैरव, क्रोध भैरव र चन्द्र भैरवलाई आह्वान गरी साथमा लिई यक्ष राजा र यक्ष रानीलाई वशमा पारेर राक्षसहरूसँग युद्ध गरी दलबलसहित भैरवहरूले बोकेर ल्याएका थिए ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कञ्जस्थित दोदा नदीमा जाल हानेर माछा मार्दै राना थारु समुदायका व्यक्ति ।