प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ ।
जिल्ला विपत् व्यवस्थापन समिति ताप्लेजुङले चालू आर्थिक वर्ष २०८१/८२ को विपत् प्रतिकार्य योजना पारित गरेको छ।समितिको शुक्रबार बसेको बैठकले मनसुन, आगलागी, चट्याङ, महामारी र आँधीसहितको विपत् प्रतिकार्य योजना पारित गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिनुभएको हो ।
नेपालमा डेंगु सङ्क्रमणका बिरामीहरू थपिँदै गइरहेका छन् । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला गरी चार जिल्ला बाहिर ७३ जिल्लाबाट दुई हजार ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
सुनसरीको इनरुवा नगरपालिका-३ राधाकृष्ण मन्दिर नजिकै एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार बिहान अन्दाजी ३५ वर्षीया एक महिलाको शव फेला परेको हो ।
५२ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिनुभएका वडाअध्यक्ष शिवप्रसाद खनाल उत्तीर्ण हुनुभएको छ। उहाँ मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष हुनुहुन्छ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सूचनाको हकले लोकतान्त्रिक विधिलाई बलियो बनाउने बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगको बैङ्कमा रहेका योजनालाई जनताको आर्थिक समृद्धिसँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ ।
प्रकृति पूजकका रूपमा चिनिएका लिम्बू समुदायको ढुङ्गासँग छुट्टै सम्बन्ध छ । यो जातिमा जन्मदेखि मृत्यु पर्यन्त ढुङ्गाको विशेषता र प्रयोग हुन्छ । जन्म, विवाह र मृत्यु जस्ता सामाजिक कार्यमा ढुङ्गाको प्रयोग अनिवार्य छ ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायी भएको आरोप लगाउनुभएको छ।
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनिक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ ।
जनशक्तिको अभाव हुँदा तनहुँमा रोपाइँ गर्न ढिलो भएको छ। यस वर्ष समयमा नै प्रशस्त पानी परेर मूल फुटेकाले गैरी खेतका अलवा टारी खेतमा समेत रोपाइँ गर्न सकिने भए पनि जनशक्ति अभावले रोपाइँ प्रभावित भएको हो।
चितवनको कालिका नगरपालिका वडा नं. ६ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १० बस्ने केशरी प्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध तीन लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पर्यटक आकर्षणको केन्द्रबिन्दु बन्दै गएको मनाङमा होमस्टेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । अन्नपूर्ण पदमार्गमा पर्यटनका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिजोआज होमस्टे परेको छ ।
विश्वका अन्य देशहरुको तुलनामा तापक्रम तीव्र गतिमा बढिरहेको युरोपमा गर्मीका कारण वर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ ।