जापानमा १२६ वर्ष पहिले मौसम मापन सुरु भएदेखि यस वर्षको जुलाईमा अधिकतम तापक्रम मापन गरेको मौसम विभागले जनाएको छ ।
मकवानपुरमा डेङ्गुविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको छ ।
प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व शुक्रबार राजधानीमा मनाइँदै छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ सङ्ख्यामा बढोत्तरी भएसँगै व्यवस्थापनमा चुनौती थपिएको छ ।
सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टिआरसी) मा दलहरूका बिचमा भएको सहमतिबाट पछाडि फर्किनु नहुने बताउनुभएको छ ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ चिरुवा खोलामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ। बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले संयुक्त रूपमा गढन–सागवीर जोड्ने झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो।
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा झण्डै १० वर्षदेखि अड्किएको सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन राजनीतिक दलबिच सहमति जुटेको छ ।
कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक रहेको बताउनुभएको छ। मानव अधिकारको विषय सामान्य नभई अत्यन्त गम्भीर विषय रहेको बताउँदै भट्टले यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुपर्ने बताउनुभयो।
लुम्बिनी प्रदेशका आठ जना बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाउनुभएको छ । बिनाविभागीय मन्त्रीमा नियुक्त भएको १० दिनपछि उहाँहरूले मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रूपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न माग गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षभित्रमा संस्थान सञ्चालन गर्ने ऐन नियमहरु नयाँ बनाएर कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । मेहन्द्रकालीन ऐन नियमले संस्थान सञ्चालन हुँदा आशातित विकास हुन नसकेको भन्दै उहाँले संस्थानलाई समयअनुकुल बनाउन नयाँ ऐन नियमको आवश्यकता रहेको बताउनुभयो ।
गोरखाको बेनीखोलामा आएको बाढीले दुई सय रोपनी धान खेत बगरमा परिणत भएको छ ।
उद्योग, वाािण्ज्य तथा आपूर्तिमन्त्री दामादर भण्डारीले समितिमा विचाराधीन विधेयकलाई संसदमा छिट्टो पठाउन सांसदहरुले चासो दिनुपर्ने बताउनुभएको छ ।