यहाँका प्रमुख प्रशासनिक तथा व्यापारिक केन्द्र वीरेन्द्रनगर बजार जोड्ने हटलाइन सडकभरि खाल्टैखाल्टा छन् । सडकमा भएका खाल्डोले गर्दा जोखिम बढ्दै गएको छ । खोर्केखोलाको रातोपुलदेखि वडा नं. ४ के कुमाइ चोकसम्म साना ठुला गरी सयभन्दा बढी खाल्टाखुल्टी रहेका छन् । निकै व्यस्त सडक भए पनि खाल्टाखुल्टीले गर्दा सवारीसाधन तथा पैदलयात्रुलाई समेत हिँड्न सास्ती हुने गरेको छ । सडकमा खाल्डो पर्दा भित्रको सानातिना ढुङ्गा यत्रतत्र छरिएका छन् ।
बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
जाजरकोटमा पहिरोको उच्च जोखिम भएपछि यहाँका १२ घरपरिवारका ६५ जनालार्ई सुरक्षित स्थानमा सारिएको छ । जुनीचाँदे गाउँपालिका–३, स्याँलागाउँका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले अविरल वर्षाका कारण गाउँको माथिल्लो भिरालो भागबाट पहिरो खस्ने जोखिम बढेकाले ती घरपरिवारलाई सुरक्षित स्थानतर्फ सारिएको जानकारी दिनुभयो । प्रहरीका अनुसार उनीहरूलाई नजिकैको मग्रा भन्ने खाली ठाउँमा अस्थायी रूपमा त्रिपाल हालेर राखिएको छ । स्थानीय तह र प्रहरीको समन्वयमा घरपरिवारलाई सारिएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।
पूर्वी सुर्खेतको भेरीगङ्गा नयाँ सहरको रूपमा विकसित भइरहेको छ । अहिले गुणस्तरीय सडक, विद्युत्, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना धमाधम निर्माण भइरहेका छन् । भेरी किनारमा आधुनिक सहर निर्माण योजनाको सुरुवात २०७३ सालमा भएको हो । सरकारले देशभर नै ४० आधुनिक सहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अनुसार भेरीगङ्गा उपत्यकालाई नयाँ सहरका रूपमा अगाडि सारेको थियो । गत आर्थिक वर्ष २०८०/८१ देखि छुट्टै कार्यालय स्थापना गरेर काम सुरु गरिएको छ । योजना पुरानै भए पनि काम भने गत वर्षबाट मात्र सुरु भएको हो ।
बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खोपारा लेकको खर्कमा थुप्रिएका चौँरीगाई र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमालको दृश्य। समुन्द्र सतहदेखि तीन हजार छसय ६० मिटर उचाइमा रहेको खोपारा लेक पहाडी भूगोल, हिमाल, सुर्योदय, सुर्यास्तको दृश्य अवलोकनका लागि पर्यटकबीच आकर्षण बन्दै गएको छ ।
सामान्य वर्षातको समयमा देखिएको विश्व सम्पदा सूचिमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल पाटन दरबारक्षेत्रको सुन्दर दृश्य ।
मुगुको छायानाथ रारा नगरपालिका वडा न २ मा रहेको चैनगाउँ र आसपासको क्षेत्र ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १४ गोठीकाँडाबाट प्याराग्लाइडिङ गर्दै पर्यटक ।
हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
किवी खेतीप्रति स्थानीय किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा गरी करिब २८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६४.९६ मेट्रिक टन किवी उत्पादन भएको छ । बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका र आदर्श गाउँपालिकालगायतका स्थानमा किवी खेती गरिँदै आएको छ ।
साउन महिना लागेसँगै बाजुराको ग्रामीण क्षेत्रका महिलालाई कोदो रोप्न चटारो परेको छ । यहाँ चामल र गहुँपछि सबैभन्दा धेरै उपभोग गरिने खाद्यान्न कोदो हो । जेठ, असार र साउनको पहिलो हप्तासम्म रोपाइँ गरिसक्ने चलन रहेको छ । त्यसपछि साउनको दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म कोदो रोप्ने काम हुन्छ । पुरुषभन्दा प्रायः महिला कोदो रोप्न सक्रिय हुने गरेका छन् । गाउँमा पुरुषको बसोबास नभएकाले पनि रोपाइँ र कोदो रोप्न महिलाको संलग्नता बढी हुने गरेको छ ।
स्थानीय हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो ।
एकपछि अर्को गरी चितुवा मृत अवस्थामा भेटिन थालेका छन् । गत जेठ ३ गते नवदुर्गा गाउँपालिकाको एक जङ्गलमा पोथी चितुवा मृत अवस्थामा भेटिएको थियो । साउन १ गते गन्यापधुराको जङ्गलमा भाले चितुवा मृत अवस्थामा भेटिएको छ भने बिहीबार अजयमेरु गाउँपालिकाको जङ्गलमा एक चितुवा मृत फेला परेको छ । अजयमेरु गाउँपालिका–३, भद्रपुरको जङ्गलमा एक चितुवा मृत फेला परेको डिभिजन वन कार्यालका निमित्त प्रमुख सुरेशचन्द्र डिसीले जानकारी दिनुभयो ।