नेकपा (एमाले) ले १७ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
नेपालले काभा महिला नेसन्स भलिबल लिगमा विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार देखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छ भन्दा धेरैले नपत्याउन सक्छन् तर असार-साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।
इलाका प्रशासन कार्यालय रामपुरले आफ्नै भवनबाट सेवा दिन थालेको छ । रामपुर नगरपालिका–५ बेझाँडमा निर्माण भएको सुविधा सम्पन्न भवन बाट कार्यालयले सेवा दिन थालेको हो ।
सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले) ले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। बुधबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो।
सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित गर्नका लागि आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको बताउनुभएको छ ।
खोटाङको डिकुवा बाईटारका नागरिकले ढुङ्गा चढेर नदी वारपार गर्नु पर्ने बाध्यताको अन्त्य भएको छ । सुनकोसी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि ढुङ्गा चढेर नदी वारपार गर्नु पर्ने बाध्यता सधैका लागि अन्त्य भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा व्यवस्था गरिएका दलितसम्बन्धी अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ ।
क्यानाडामा जारी ग्लोबल टी–२० लिग क्रिकेटमा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले लगातार चौथो हार खेपेको छ ।
नेकपा (एमाले) ले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले रिक्त उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिकाले छिमेकी पालिकाहरूलाई पनि शव चिस्यान सेवा दिने भएको छ।
बागलुङको धानमा फेद कुहिने रोग देखिएको छ । सो रोगले धानको बोट मर्न थालेपछि किसान निराश बनेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नतिजामुखी काम गर्नुपर्ने बताउनुभएको छ ।