कमजोर येन र लागत कटौतीले विश्व प्रसिद्ध जापानी कार उत्पादक कम्पनी टोयोटालाई आफ्नो घरेलु बजारमा उत्पादन र बिक्रीमा आएको गिरावटलाई हटाउन मद्दत गरेको छ ।
गृहमन्त्री रमेश लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक बहिर्गमित भएकाहरूलाई पनि परिपूरणको व्यवस्था गर्नेगरी विधेयकमा सहमति जुटाइएको बताउनुभएको छ ।
जोखिमपूर्ण स्तरमा जुवा खेल्ने अस्ट्रेलियालीहरूको सङ्ख्या बढ्दै गएको नयाँ तथ्याङ्कले देखाएको छ । नयाँ प्रतिवेदनअनुसार अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) मा जुवा अनुसन्धान केन्द्रद्वारा प्रकाशित गरिएको थियो ।
दाङको घोराही–लमही सडकखण्डको चौपट्टामा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
सरकारले आफ्ना क्षेत्रका सम्भावनाबारे चासो बढाएपछि महोत्तरीका चुरेक्षेत्रका बासिन्दामा नयाँ आशा पलाएको छ । केन्द्र, प्रदेश र स्थानीय तहको चासोले चुरे क्षेत्रका बासिन्दामा नयाँ कामको थालनी हुने र यसले आपूmहरुको जीवनमा सकारात्मक प्रभाव पार्ने आश जागेको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारीहरुले पुनः धर्ना सुरु गरेका छन् । विगत एक महिना यता प्राविधिक समूहतर्फका कर्मचारीहरुले धर्ना गरिरहेका हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा रहेको तौलाहा तालमा डुबेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही गाउँका ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको हो ।
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४९ हजार चार सय निर्धारण भएको छ ।
नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०८०।८१ मा सात अर्ब रूपियाँभन्दा बढीकाे खाद्यान्न निकासी भएको छ ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरुबिच सहमति जुटेको छ ।बिहीबार सिंहदरबारमा बसेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलको बैठकबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति गरिएको हो ।
दाङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्दै गएको छ । विदेशमा स्थायी रुपमा बसोवास गर्नेहरुले नेपालीको सङ्ख्या बढेपछि जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक यही साउन १८ गते केन्द्रीय कार्यालयमा बस्ने भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको आफ्नै विवासमा बिहीबार विहान निधन भएको छ । मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त हुनु भएको थियो ।
बुधवार भएको वर्षाका कारण कोहलपुर –१५ स्थित बेलनपुर नहरमा डुबेर बाँके बैजनाथ गाउँपालिका –७ का एक जनाको मृत्यु भएको छ ।
नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा प्रभावित हुन सक्ने जनाएको छ ।