गुल्मी कालीगण्डकी गाउँपालिका–१, हर्मिचौरका ज्येष्ठ नागरिकले गाउँटोलमै सामाजिक सुरक्षा भत्ता पाएका छन् । हर्मिचौरकी ७५ वर्षीय पार्वती पाण्डेले गाउँमै सामाजिक सुरक्षा भत्ता पाउँदा बैङ्कमा जानुपर्ने समस्याबाट मुक्त भएको बताउनुभयो । उमेर घर्किंदै जाँदा गाडीमा बसेर बैङ्कमा जान पनि नसकिने, समयमा गाउँमै आएर भत्ता वितरण गर्दा सहज भएको उहाँले बताउनुभयो । सोही वडाका १०८ वर्षीय तुलसीराम भट्टराई, कौशिला पाण्डे र थानिश्वरा पाण्डेले गाउँमै सामाजिक सुरक्षा भत्ता पाउँदा राहत अनुभव गरेको बताउनुभयो । उहाँहरूले स्थानीय सरकारले ज्येष्ठ नागरिकको समस्यामा सारथि बन्न आग्रहसमेत गर्नुभयो । आफूहरूलाई भत्ता लिनका लागि पालिका र बैङ्कमा जान समस्या हुने गरेको गुनासो उहाँहरूले राख्नुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै गएपछि र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा हातेट्रयाक्टर वितरण गरेको हो ।
माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौँदेखि अकासे खेतीमा निर्भर उहाँ यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग हुनुहुन्छ ।
कालीकोटको खाँडाचक्र नगरपालिका–५, तेर्सो बजारका भीमबहादुर कार्की चार/पाँच वर्षदेखि तरकारी खेतीमा संलग्न हुनुहुन्छ । क्यान्सरको बिरामी हुँदा पनि उहाँले तरकारी खेती गर्न छाड्नुभएको छैन । भिरालो जमिनको १२ रोपनी जग्गामा उहाँले आलु, फर्सी, काँक्रा, खुर्सानी, गोलभेँडा, चिचिन्डा, काउली, फर्सीलगायतका तरकारी उत्पादन गर्नुहुन्छ । त्यही तरकारी खेतीबाट उहाँले क्यान्सर हुँदा लागेको करिब १० लाख ऋण चुक्ता गर्नुभयो । थप जग्गा जोड्नुभयो । नयाँ घर बनाउनुभयो ।
नेपालगन्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरी कोरिडोरको विकास रणनीति तयार भएको छ । करिब दुई वर्ष लगाएर सहरी कोरिडोरको विकास रणनीति तयार पारिएको सहरी कोरिडोर आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० देखि एकीकृत विकास रणनीति निर्माणको काम थालिएको थियो । त्यसका लागि सरोकारवालासँग दीर्घकालीन सोच र रणनीति योजनासम्बन्धी विभिन्न चरणमा छलफल चलाइएको आयोजनाले जनाएको छ । अव्यवस्थित बसोबास बढ्न थालेपछि नजिकका सहरबिच सहज पहुँच स्थापित गर्न सहरी कोरिडोर निर्माण गर्न लागिएको आयोजनाका निर्देशक नारायणप्रसाद भण्डारीले बताउनुभयो । सहर व्यवस्थित नहुँदा विकास अस्तव्यस्त हुने भएकाले सहरी कोरिडोरको काम अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
बालमैत्री खानेपानीका धारा निर्माण भएपछि विद्यार्थीलाई पानी प्रयोग गर्न सहज भएको छ । साना बालबालिकालाई लक्षित गरी सिमकोट गाउँपालिका–३ को रलिङ माविले विद्यालयमा बालमैत्री खानेपानीका धारा निर्माण गरेको हो । विद्यालयका प्रधानाध्यापक छिमी लामाले यसअघि एउटा मात्र धारा निर्माण भएको र त्यो पनि पुरानो भएपछि पानी नआएको बताउनुभयो तर अहिले नयाँ बालमैत्री धारा निर्माण भएपछि विद्यार्थीलाई पानी पिउन सहज भएको बताउनुभयो । उहाँका अनुसार एउटै धारा अग्लो व्यक्तिले प्रयोग गर्न मिल्ने र अरू पाँच वटा धारा साना नानीहरूले प्रयोग गर्न मिल्ने गरी निर्माण गरिएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समितिबीच एकता भएको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका–६ मा अवस्थित जोरपोखरी धार्मिक र पर्यटकीय स्थलको प्रसिद्धि पाउन थालेको छ । सदरमुकाम फिदिमदेखि २७ किलोमिटर पूर्वोत्तरमा अवस्थित यो पोखरी र आसपासमा
सरकारी निकायलाई छलेर अस्पताल बनाउने नाममा चर्च र अवैध संरचना बनाइएको पाइएपछि धनगढी उपमहानगरपालिकाले त्यसमा डोजर चलाएको छ । वडा नम्बर ७ स्थित धनगढी मण्डली नामको चर्चसहित अवैध संरचनालाई भत्काइएको हो । चर्चको दोस्रो तलामा दुई कोठा, एक भान्सा र दुई चर्पीसहित स्नानकक्ष नक्सा पासबिना निर्माण गरेको पाइएको छ । पेरिमिटर वाल, पोखरी पनि नक्सा पासबिनै बनाइएको छ । चर्चमा निर्माण गरिएको नक्सा पासविपरीतका सबै संरचना भत्काइएको पालिकाका इन्जिनियर सुवास पाठकले जानकारी दिनुभयो । स्थानीयस्तरबाट जनगुनासो बढेपछि उपमहानगरपालिकाको कार्यालयबाट गठित स्थलगत अध्ययन समितिले केही संरचना अवैध रहेको निष्कर्ष निकालेको थियो । समितिले तयार पारेको प्रतिवेदनका आधारमा अवैध संरचना हटाएको जनाइएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका स्थानीय जनश्रमदान गरेर वाल्मीकि आश्रमसम्म पुग्ने पहुँच मार्ग निर्माणमा जुटेका छन् । भारतले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा रहेको झोलुङ्गे पुलदेखि वाल्मीकि आश्रमसम्म पुग्ने पहुँच मार्ग निर्माणका लागि आवश्यक पर्ने मेसिनरी सामान लैजान बाटो प्रयोग गर्न नदिएपछि स्थानीयले जनश्रमदान गरेरै पहुँच मार्ग बनाउन सुरु गरेका हुन् ।
जोगबुढाको परशुराम नगरपालिका–४, कटालमा रहेको शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपियाँ चोरी भएको चार महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । गत वर्ष चैत २६ गते शुक्रबार बेलुकी बन्द गरिएको सहकारी संस्थाबाट रकम चोरी भएको कुरा भोलिपल्ट बिहान मात्रै थाहा भएको थियो । कर्मचारीले बिहान कार्यालय खोलेपछि चोरी भएको थाहा पाएका थिए ।
कैलालीमा दुर्लभ घडियाल गोहीले बच्चा कोरलेका छन् । घडियालले कर्णाली र पथरैया नदीमा बच्चा कोरलेका हुन् । गत वर्ष एउटा घडियाल गोहीले पथरैया र काँढा नदीको दोभानमा बच्चा कोरलेको थियो । स्थानीय संरक्षणकर्मीका अनुसार यस वर्ष पथरैयामा दुई र कर्णाली नदीमा तीन स्थानमा गरी घडियालले १२४ वटा बच्चा निकालेका छन् ।
फोहोर व्यवस्थापन देशव्यापी समस्या भएको बेला बर्दीबास नगरपालिकाले फोहोरलाई मोहर बनाउने अभियान सुरु गरेको छ । फोहोरलाई आम्दानीको स्रोतका रूपमा रूपान्तरण गर्न नगरपालिकाले फोहोरमैला प्रशोधन तथा रिसाइकल केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाएको हो ।
प्रतिनिधि सभामा दोस्रो ठुलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली असार ३० गते मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुनुभएलगत्तै प्रतिनिधि सभाबाट दुई तिहाइभन्दा बढीको विश्वासको मतसमेत प्राप्त गरिसक्नुभएको छ । चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त ओलीले दुई वर्ष आफू प्रधानमन्त्री रहने स्पष्ट गरिसक्नुभएको छ । प्रतिनिधि सभामा पहिलो र दोस्रो ठुलो दलबिचको समीकरणका कारण उहाँको यो कार्यकाल यसअघिका कार्यकालभन्दा भिन्न हुने आमअपेक्षा छ । प्रधानमन्त्री स्वयम्का अभिव्यक्तिले पनि यसको पुष्टि गरिसकेका छन् । उहाँले मङ्गलबार सिंहदरबारस्थि