कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले आन्दोलन पुनः सुरु गरेका छन् । नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीले १५ दिनभित्र माग पूरा गर्ने भनी दिएको आश्वासन पूरा नभएको भन्दै कर्मचारीले बुधबारदेखि पुनः आन्दोलन सुरु गरेका छन् ।
बैतडीमा गरिबी निवारण कोषको ६० करोडभन्दा बढी रुपियाँ अलपत्र परेको छ । स्थानीय तहले गरिबी निवारणको घुम्ती कोष परिचालनसम्बन्धी मापदण्ड बनाउन नसक्दा जिल्लाका एक हजार दुई सय समूहमा रहेको करोडौँ रकम अलपत्र अवस्थामा रहेको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा २०६० सालमा गठन भएको गरिबी निवारण कोषमार्फत जिल्लाका तत्कालीन ६२ वटा गाउँ विकास समितिमा गरिब घरधुरीको समूह गठन भएको थियो ।
गत आर्थिक वर्षमा सुनको आयात ४० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा २५ अर्ब ९५ करोड ९३ लाख रुपियाँ बराबरको २९ लाख नौ हजार ग्राम सुन आयात भएको हो । आव २०७९/८० मा ४३ अर्ब ९० करोड रुपियाँ बराबरको ३५ लाख सात हजार ८८४ ग्राम सुन आयात भएको थियो ।अघिल्लो आवको तुलनामा गत आवमा सुनको मूल्यको आधारमा १७ प्रतिशत र परिमाणको आधारमा ४० प्रतिशतले सुनको आयात घटेको विभागको तथ्याङ्कले देखाएको छ ।
एमसिसी परियोजना अन्तर्गतका सबै विद्युत् सबस्टेसनको निर्माण सम्झौता सम्पन्न भएको छ । परियोजना कार्यान्वयन कार्यालय एमसिए–नेपालले तनहुँ जिल्लाको दमौलीमा बन्ने चार सय केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणको बुधबार ठेक्का सम्झौता गरेको छ । सो सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता सम्पन्न भएको एमसिए नेपालले जनाएको छ । सम्झौतासँगसँगै एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीन वटै चार सय केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जिल्लाको राप्तीसोनारी गाउँपालिका ७ स्थित खल्लाझगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकोले ठूलो विपत्ति निम्त्याउने आशंका व्यक्त गर्नुभएको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ।
निरन्तरको वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ स्थित भद्रुटारमा बाढी र पहिराले लाखौँको क्षति गरेको छ।
रक्षामन्त्री मानवीर राईले राष्ट्रिय विभूति अमरसिंह थापाको नेपालको इतिहासमा बेग्लै पहिचान रहेको बताउनुभएको छ ।
मङ्गलबार राति आएको हावाहुरी र वर्षाले ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा कृषि बालीमा क्षति गरेको छ।
गएरातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै सूचना दिने कुराको अन्त्य गर्ने बताउनुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयकलाई यथाशक्य छिटो अन्तिमरुप दिन अनुरोध गर्नुभएको छ ।