होटेल साङ्ग्रिला र भैरहवास्थित टाइगर प्यालेस रिसाेर्टमा सञ्चालन रहेका दुई वटा क्यासिनो बन्द भएका छन् । क्यासिनो सञ्चालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेज (केटिएम) प्रा.लि. ले व्यवसाय बन्द गरिएको सूचना जारी गरेको छ ।
एक करोड १७ लाख लिएर मेनेजर फरार भएका छन् । झापा बिर्तामोडको प्रभु बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपियाँ रकम खाताबाटै गायब बनाएपछि मेनेजर फरार भएको पीडितले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्रत्येक चार वर्षमा आयोजना गरिने ओलम्पिकमा सन् १९६४ देखि नेपालले सहभागिता जनाउँदै आएको छ । अहिलेसम्म भाग लिएका हरेक ओलम्पिकमा नेपालको उपलब्धि सहभागितामा मात्र सीमित छ । ओलम्पिकमा नेपालले अहिलेसम्म पदक जितेको छैन । यस पटक पेरिस ओलम्पिकमा पनि नेपालले सहभागिता जनाउने छ । नेपालले प्रथम पटक सन् १९६४ मा जापानको राजधानी टोकियोमा आयोजना गरिएको १८ औँ ओलम्पिकमा सहभागिता जनाएको थियो । सो ऐतिहासिक सहभागितामा छ जना खेलाडीले दुई खेलमा प्रतिस्पर्धा गरेका थिए । टोकियो ओलम्पिकमा नेपालका भूपेन्द्रबहादुर केसी र ग
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा जारी छ ।
प्राचीन ओलम्पिक खेल मुख्यतया शासक वर्गको युद्ध समाप्तपछिको उत्सव र युद्धको तयारीका सन्दर्भमा हुन्थ्यो । रोमनहरूले बन्द गरिदिएको ओलम्पिकको आधुनिक यात्रा एकै दिनको प्रयासले सम्भव भएको थिएन । यसमा शृङ्खलाबद्ध घटनाक्रम र अनेक व्यक्तिको योगदान रहेको छ । ग्रिसमा प्राचीन ओलम्पिकको जन्म भयो तर ओलम्पिकको आधुनिक यात्रा सुरु गर्नमा युरोपको मुख्य योगदान रहेको छ । विशेष गरी फ्रान्स र इङ्ग्ल्यान्डमा भएका खेल गतिविधिले ओलम्पिकलाई पुनर्जीवित गराएका हुन् । फ्रान्सका पियरे डी कुबर्टिनलाई आधुनिक ओलम्पिकको जन्मदाता मानिएको छ तर उनको एकल प्रयासले मात्र यो सम्भव भएको
बुधवार राती आएको भीषण वर्षाले एक घर बगाएको छ भने ११ घर उच्च जोखिममा परेको छ । धार्चे गाउँपालिका – ५ सिङला स्थित पुरन गाउँमा घर माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले तेज बहादुर गुरुङको घर बगाएको छ भने सिङला बस्ती नै उच्च जोखिमामा परेको हो ।
काठमाडौँ, साउन१७ गते ।प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा उहाँले गर्नुभएको हो ।प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “शुभ बिहानी ! सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !’ राजधानीको एक होटलमा आज बिहान ११ बजे एमाले सचिवालय बैठक हुँदैछ । बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसायिक विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । गत असार २६ गतेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेरको निर्णय गरेको थियो । रासस
दाङको घोराही उपमहानगरपालिका(१६ स्थित तेरौटे नविनतम कृषि फर्ममा व्यवसायिक रुपमा गरिएको गोलभेँडा खेती फलेर सकिएपछि झाल उखेल्दै कामदार ।
गण्डकी अञ्चलका छ, धौलागिरिका चार र लुम्बिनीको नवलपरासी (नवलपरासी सुस्तापूर्व) गरी ११ जिल्ला रहेको गण्डकी प्रदेशका पृथक् विशेषता छन् । मानव विकास सूचकाङ्कमा अघि रहेको यो प्रदेश हिमालदेखि पहाड हुँदै तराईसम्म फैलिएको छ । भूगोलसँगसँगै यसका सामाजिक, सांस्कृतिक विविधता र मौलिकतासमेत छन् । गण्डकीका यिनै मौलिकता, सम्पदा र सम्भावनाबारे जानकारी दिने थलो बनेको छ, प्रदेश सङ्ग्रहालय पोखरा ।
एक हप्ताअघि पोखरामा भव्य कार्यक्रम गरी घोषणा गरिएको गुरुङ सम्पदा पदमार्गको अन्तिम बिन्दु मनाङको तिमाङ रहेको छ । कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङसम्मलाई गुरुङ सम्पदा पदमार्ग घोषणा गरिएको हो । सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा यो काम भएको हो । गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवं नेपाल पर्यटन बोर्डको प्रवर्धन र कास्कीको मादी गाउँपालिका, लमजुङको क्व्होलासोँथार र मस्र्याङ्दी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा काम भएको हो । स्थलगत अध्ययन अनुसन्धानपछि पदमार्गको औपचारिक रूपमा घोषणा गरिएको हो ।
माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडा भ्यू पोइन्टुबाट देखिएको माछापुच्छ्रे हिमालको दृश्य ।
दैलेखको नारायण नगरपालिका–८ मा निर्माणाधीन ५० शैयाको जिल्ला अस्पताल भवन । विसं २०७८ जेठमा रु १८ करोड २३ लाखको लागतमा निर्माण सुरु भएको यस अस्पतालको हालसम्म ४० प्रतिशत मात्र काम भएको अस्पताल प्रशासनले जनाएको छ ।
रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु ५० करोडको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरेको हो ।
दैलेखको सदरमुकाम नारायण नगरपालिका–१ पुरानो बजारमा रहेको ऐतिहासिक कोतगढी र आसपासको क्षेत्र ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा