उत्तरी गोरखाको धार्चे गाउँपालिका अन्तर्गत आरुघाट–लार्के भञ्ज्याङ सडक अवरुद्ध भएको छ । बुधबारदेखि परेको अविरल वर्षाका कारण धार्चे गाउँपालिका–७ खानीबेसीको खोलामा बिहीबार बिहान ७ बजे आएको बाढीले सडक अवरुद्ध भएको हो ।
अलैँचीको बिरुवा उत्पादन गरिरहेको अलैँची विकास केन्द्र इलामले यो वर्ष एक लाख २८ हजार ५६० बिरुवा बिक्री गरेको छ । प्रतिगोटा पाँच रुपियाँका दरले ६ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको छ ।
काँकडभिट्टा माध्यमिक विद्यालयको बैङ्क खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् ।
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०८१/०८२ देखि सडक बत्तीको महसुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ ।
केहीबेरअघि सुरु भएको नेकपा (एमाले) सचिवालय बैठक जारी छ । बैठक हनुमानथानस्थित होटल बसेरामा चलिरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला आजदेखि काठमाडौँमा सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठुलो योगदान रहेको बताउनुभएको छ ।
जिल्ला कारागार खोटाङका कैदीबन्दीबीच झडप भएको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा नियुक्त हुने सम्भावना बढेको छ ।
कत्लेकीराका प्रकोपबाट रोग उत्पन्न भई सुन्तलाको बगैँचा कालम्मे भई फल्न छोडेपछि कास्कीका किसान चिन्तित छन् । ‘सिक्टर ग्रिनिङ रोग’का कारण करिब डेढ दशकयता सखापोउन्मुख अवस्थामा रहेको कास्कीको सुन्तलामा पछिल्लो समय कत्लेरोगको प्रकोप बढेको देखिन्छ ।
झापामा लागूऔषध मुद्दामा पक्राउ परेका थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । मेचिनगर नगरपालिका–७ पालिया टोल बस्ने २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो ।
लुम्बिनी विकास कोषको कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन् । उत्खननका समयमा मायादेवी मन्दिरभित्र फेला परेका बहुमूल्य मूर्तिहरू कोषका पदाधिकारी र कर्मचारीले गायब गरेको, पूजापाठमा रोक लगाएको र विभिन्न अनियमित कार्य गरेको आरोप लगाउँदै लुम्बिनी बचाउ महाअभियानले कोषाध्यक्ष, सदस्य सचिव, सङ्ग्रहालय र पुरातत्त्व महाशाखाको कार्यालयमा ताला लगाएको हो ।
जिल्लाको कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ । कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो ।
बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको ज्यान गएको छ । दोधारा चाँदनी नगरपालिका–२ का २३ वर्षीया हीरा शाहको ज्यान गएको हो ।
फालेलुङ ५ का दीप राई खेदोक खोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् ।