मानव अधिकार तथा शान्ति समाजले विकासको अधिकारमा केन्द्रित रही देशव्यापी अभियान आरम्भ गरेको छ ।
प्याभिलियन्स चेस एकेडेमी र मित्रनगर राइजिङ्ग क्लबको सहकार्यमा शनिबार नेपाल युवा राष्ट्रिय र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैङ्कसँग आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हवाई र सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवा सुविधा लिनका लागि पनि अनिवार्य गर्न थालेपछि पछिल्लो समयमा बाँकेमा राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन गराउनेहरू ह्वात्तै बढेका छन् ।
जिल्ला प्रशासन कार्यालय गोरखाले पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
बङ्गलादेशमा निजामती सेवामा जागिरको अराक्षण प्रणालीको विरोधमा भएको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेतालाई प्रहरीले बिहीबार रिहा गरेको छ ।
सामसुङ इलेक्ट्रोनिक्सका दक्षिण कोरियाली युनियनका नेता तथा सदस्यले बिहीबार तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै विरोध प्रदर्शन गरेका छन् । नयाँ वार्ता असफल भएपछि उनीहरूले कम्पनी अध्यक्ष र उत्तराधिकारीको घरमा घेराउ गरेका हुन् ।
गत आर्थिक वर्ष २०८०–८१ मा भेरी अस्पताल नेपालगन्जमा भर्ना भई उपचार गराउन आएका बिरामीलाई सात हजार ७३३ पिन्ट रगत निःशुल्क सहयोग गरिएको छ ।
मध्यपूर्वका ‘सबै पक्ष’लाई गाजामा ‘बढ्दो गतिविधि’ रोक्न र युद्धविराम गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार आग्रह गर्नुभएको छ ।
बेला-बेलामा नेपालदेखि भारतसम्मका पर्यटकीय स्थलको लामो भ्रमण गर्दै आएको डुलुवा टोली बिहीबार बिहान कास्कीबाट कन्याकुमारी प्रस्थान गरेको छ। टोली रक्सौल हुँदै भारतको दक्षिणी सीमामा पर्ने तमिलनाडुको कन्याकुमारीसम्म पुगेर फर्किनेछ।
नागरिकले अतिक्रमित गरेका सरकारी तथा सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याउन जिल्ला प्रशासन कार्यालय स्याङ्जा जुटेको छ।
गृहमन्त्री रमेश लेखकले डिआइजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रूपमा लिन आग्रह गर्नुभएको छ ।
वर्षाका कारण भुस्बाङ खोलामा आएको बाढीले प्युठान नगरपालिकाको बुढादेवी र खरिबोट बजार क्षेत्रका १५ घरपरिवार विस्थापित भएका छन् । यहाँका आठ परिवार उच्च जोखिममा छन् ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाका मूल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।