• ११ मंसिर २०८१, मङ्गलबार

बाढीले १५ घर परिवार विस्थापित

blog

घरमा बाढी पसेको बुढ्देवी बजारक्षेत्र ।

सलिम मियाँ

बिजुवार, साउन १७ गते । वर्षाका कारण भुस्बाङ खोलामा आएको बाढीले प्युठान नगरपालिकाको बुढादेवी र खरिबोट बजार क्षेत्रका १५ घरपरिवार विस्थापित भएका छन् । यहाँका आठ परिवार उच्च जोखिममा छन् ।

घर डुबानमा परेपछि विस्थापित भएकालाई आफन्तको घरमा सारिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख (डिएसपी) ईश्वर थापाले जानकारी दिनुभयो । विस्थापित हुनेमा प्युठान नगरपालिका–९ का रामबहादुर जिसी, कृष्णबहादुर जिसी, डोरबहादुर जिसी, राधा जिसी, अनिता भण्डारी, हिमाल जिसी, विष्णा सुनार, देवेन्द्र केसी र गङ्गालाल विश्वकर्मा छन् । 


यसैगरी, प्युठान नगरपालिका वडा नम्बर १० का सिर्जनशील तारा बोर्डिङ स्कुलसहित लीलबहादुर नेपाली, आत्मराम सुनार, हरिबहादुर सुनार, सूर्यबहादुर नेपाली, गीता सुनार, पार्वती सुनारको घर परिवार  विस्थापित भएको प्युठान प्रहरीले जनाएको छ ।

चुदरीखोला, भुस्वाङखोला र दहखोलाको आसपास रहेका सयौँ रोपनीमा लगाइएको धानबाली खोलाले कटान गरी बगाएको छ । गत वर्ष मल्लरानी –४ खलङ्गा पातिहाल्ना बुकेनी सोला हाल्ना हुँदै अर्घाखाँची गुल्मी जोड्ने सडक निर्माण भएदेखि खोलामा बाढी आउन थालेको स्थानीयले बताएका छन् । यहाँ गत वर्षदेखि बाढी पस्ने गरेको छ ।