अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले बिहीबार भेनेजुएलामा आफ्नो देशको दूतावासको जिम्मा लिएकामा ब्राजिललाई धन्यवाद दिनुभएको छ ।
विश्व बैंकले चीनलगायत एक सयभन्दा धेरै मुलुक ‘मध्यम आयको जाल’ मा प्रवेश गर्ने र धनी मुलुक बन्न असफल हुने जोखिममा रहेको बताएको छ । बिहीबार उच्च आयको अवस्थामा पुग्नका लागि ‘व्यापक मार्गचित्र’ अनावरण गर्दै बैङ्कले सो कुरा बताएको हो ।
लघुकथा समाज, नेपालद्वारा प्रदान गरिँदै आएका विविध पुरस्कार र सम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८१’ र ‘धनमान लघुकथा पुरस्कार–२०८१’ प्रदान गर्नका लागि दुई जना लघुकथा स्रष्टाको नाम चयन गरिएको छ।
लागूऔषध बिक्री गर्दै गर्दा पोखरामा होटल सञ्चालक र म्यानेजरलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवा निवासी एक परिवारका दिदीबहिनीले आफ्ना स्वर्गीय बाबुआमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ। स्वर्गीय दम्पती दावा शेर्पा र लाक्पी शेर्पाका छोरीहरू दिकु लामा शेर्पा र जाङ्मु लामा शेर्पाले स्वर्गीय बाबुआमाको स्मृतिमा एक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताउनुभएको छ।
बाँकेमा धेरै दिनदेखि वर्षा नहुँदा रोकिएको धान रोपाइँ बुधबार सुरु गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।
नेपाली शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामत अस्ताउनुभएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलिसिस गरिरहनुभएका गुरुदेवको ६९ वर्षको उमेरमा आज निधन भएको हो ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन निर्देशन दिएको छ ।
गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ। डी आर सुजनको शब्द, सङ्गीत र आशिष् अविरलको एरेन्ज रहेको गीतमा जीवनमा दुःख सुख भनेको आइरहन्छ दुःखमा आत्तिने र सुखमा न मात्तिने नै जीवन यापनको सजिलो माध्यम हो भन्ने सन्देश दिन खोजिएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहरमैला व्यवस्थापनलगायतका क्षेत्रमा छिट्टै नतिजा देखिने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बिच भएको विस्तृत शान्ति सम्झौताअनुरूप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबिच समझदारी भएको छ ।
मनाङ मर्स्याङ्दी क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ लिग फुटबलमा विभागीय टोली नेपाल एपिएफ क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
जनकपुरधाम-अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने भएको छ । नेपालको भौतिक मन्त्रालय तथा नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जनाएको हो ।