• १८ साउन २०८१, शुक्रबार

धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछु : बालेन्द्र साह

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ।

काठमाडौँ, साउन १७ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौँ महानगर वडा ८ को प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताउनुभएको हो । उहाँले म धेरै बोल्ने भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताउनुभयो । 

प्रमुख साहले कार्यक्रममा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताउनुभयो । उहाँले भवन उद्घाटनमा ठुलो कार्यक्रम गरिरहनु नपर्ने बताउनुभयो । उहाँले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताउनुभयो । 

उहाँले पशुपति क्षेत्रका सडकहरू चाँडो र तीव्र गतिमा बन्दै जाने विश्वास रहेको बताउनुभयो । उहाँले विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरको मुहार हेर्ने चाहना रहेको बताउनुभयो । उहाँले सम्पदामैत्री क्षेत्र सम्पदामैत्री सडक र घर तथा भवन बनाउनको लागि काठमाडौँ महानगरले बजेट समेत व्यवस्था गरिरहेको बताउनुभयो । उहाँले सम्पदा क्षेत्रका घरहरू सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताउनुभयो । उहाँले सम्पदा शैलीका  सडक र घर भवन भए पर्यटकलाई आकर्षण अझै बढी हुने बताउनुभयो । 


काठमाडौँ महानगर उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरको वडा ८ ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक रूपमा महत्त्व बोकेको वडा भएको बताउनुभयो । उहाँले वडाले बस्ती र बस्तीहरूलाई सांस्कृतिक र पुरातात्त्विक रूपमा पर्यटकीय रूपमा आकर्षण बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले पर्यटकीय सम्भावना भएका ठाउँमा हाउस पुलिङ गर्ने योजनालाई अघि सारेको बताउनुभयो ।