डिभिजन वन कार्यालय धनुषाले अवैधरुपमा वन पैदावर गरेको अभियोगमा सःमिलका सञ्चालकविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा हिजो एक युवतीलाई मारेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।
“कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, ‘लिडरसीप एकेडेमी’ र ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुँदैछ”, कार्यवाहक प्रवक्ता मनिष झाले भन्नुभयो ।
गुल्मीमा प्रत्येक वर्ष कोदो उत्पादनमा गिरावट आइरहेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्कअनुसार यस जिल्लामा प्रत्येक वर्ष उत्पादनको क्षेत्रफल घट्दा उत्पादनमा भने गिरावट आएको थिएन ।
मुग्लिङ नारायणगढ सडक खण्डको घुमाउनेबाट तनहुँ जोड्ने पुल निर्माण एघार वर्षपछि गति लिन थालेको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–७ निवासी ३७ वर्षीय सम्झना थापा विषालु गोमन सर्पको टोकाइबाट बिरामी भएर स्थानीय दुधौली नगर अस्पतालमा भर्ना भई उपचार गरिरहनुभएको छ । अस्पतालका अनुसार मङ्गलबार बिहान ५ः३० बजेतिर घरको काम गर्न बाहिरभित्र गर्ने व्रmममा करेसामा गरेको ढलानको चेपमा लुकेर बसेको गोमन सर्पले उहाँको खुट्टामा टोकेको थियो । अहिले उहाँको स्वास्थ्यमा सुधार हुँदै आएको छ ।
दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोरदौराबाट बिहीबार बिहान देखिएको बादलले ढाकेको घोराही बजार र आसपासका दृश्य ।
कालीगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा रहेको सदरमुकाम बेनी बजार र वरपरका बस्ती संरक्षण गर्न सञ्चालित नौ वटा ठुला संरक्षण योजना सम्पन्न भएका छन् । दुई वर्षअघिदेखि जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको रूपताल संरक्षण परियोजना पोखराले बेनी बजार संरक्षण आयोजना सञ्चालन गरेको थियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिनु हुने भएको छ ।
खजुरा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को विकास बजेट कार्यान्वयन सुरु गरेको छ । गाउँपालिकाका इन्जिनियर सोनु शाहले साउन १ गतेदेखि नै विकास आयोजना कार्यान्वयनमा ल्याउन प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो । इन्जिनियर शाहले भन्नुभयो, “साउन १ गते जिल्ला दररेट प्राप्त भएपछि योजनाको लागत स्टिमेट र फिल्ड नापजाँचको काम गरिरहेका छौँ ।” पालिकाले चालु आर्थिक वर्षमा विनियोजन भएका योजनामध्ये केही योजनाको टेन्डरसमेत आह्वान गरिसकेको छ ।
बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई मेडिकल कलेज बनाउने तयारी भएको छ । बुधबार बुटवलमा बसेको एक बैठकले आम्दा इन्टरनेसनल मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरु सुगानामी सहभागी बैठकले यस्तो निर्णय गरेको हो । २३ राष्ट्रमा सञ्जाल रहेको आम्दा इन्टरनेसनलको सभाले अनुमोदन गरेपछि आम्दा इन्टरनेसनल मेडिकल कलेज बन्ने प्रक्रिया सुरु हुने छ । यसका लागि स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ । अस्पतालको स्तरोन्नति, जनशक्ति उत्पादन गर्न मेडिकल कलेजका रूपमा
अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा दरबारको पुनर्निर्माण सुरु भएको छ । विसं. २०७२ को भूकम्पबाट जीर्ण अवस्थामा रहेको दरबारलाई पुरातत्व विभागले पुरानै शैलीमा निर्माण कार्य सुरु गरेको हो । गत वर्ष निर्माण सुरु भए पनि बजेटको अभावले निर्माण कार्य रोकिएको थियो । यस वर्ष सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४० लाख रुपियाँ अनुदान पाएपछि निर्माण कार्य सुरु भएको हो ।
कालिकोटका अधिकांश स्थानीय तहका प्रमुख र जिल्लास्थित सरकारी कार्यालयका प्रमुख घर बसेका छन् । आर्थिक मसान्त सके लगतै सहर पस्ने बानी परेका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र सङ्घ तथा प्रदेश मातहतका जिल्ला स्थित कार्यालय प्रमुखहरू यस वर्ष पनि कार्यक्षेत्र छोडेका छन् ।
यहाँको साल्मा खोलाको पक्की पुल निर्माण चार वर्षदेखि अलपत्र परेको छ । छेडागाड नगरपालिका–१ र ४ जोड्ने साल्मा खोलामा पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले बिचैमा काम छोडेपछि करिब चार वर्षदेखि अलपत्र परेको हो । छेडागाड नगरपालिका, जुनीचाँदे, कुसे गाउँपालिकाका अधिकांश बासिन्दालाई यातायातमा सहजता ल्याउन छेडागाड नगरपालिकाले पहिलो कार्यकालमा साल्मा खोलामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट करिब ८० लाखभन्दा बढी रकम खर्च गरी कजवे निर्माण गरेको थियो ।
यहाँका प्रमुख प्रशासनिक तथा व्यापारिक केन्द्र वीरेन्द्रनगर बजार जोड्ने हटलाइन सडकभरि खाल्टैखाल्टा छन् । सडकमा भएका खाल्डोले गर्दा जोखिम बढ्दै गएको छ । खोर्केखोलाको रातोपुलदेखि वडा नं. ४ के कुमाइ चोकसम्म साना ठुला गरी सयभन्दा बढी खाल्टाखुल्टी रहेका छन् । निकै व्यस्त सडक भए पनि खाल्टाखुल्टीले गर्दा सवारीसाधन तथा पैदलयात्रुलाई समेत हिँड्न सास्ती हुने गरेको छ । सडकमा खाल्डो पर्दा भित्रको सानातिना ढुङ्गा यत्रतत्र छरिएका छन् ।