कक्षा १२ को नजितामा एक लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान सार्वजनिक गरेको कक्षा १२ को नतिजामा तीन लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी रहेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका हुन् ।
गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।
फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ तथा मन्त्रीहरुले प्रदेश प्रमुख जोशीलाई स्वागत गर्नुभएको हो ।
पर्सामा विगत तीन वर्षयता घरेलु तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आइरहेको छ । आर्थिक मन्दी र लगानीमैत्री वातारण नहुँदा पछिल्लो तीन वर्षमा नयाँ उद्योग खोल्ने क्रम घटिरहेको देखिन्छ ।
भुल्के बेँसीमा गएराती अविरल वर्षासँगै आएको बाढीले सुनकोशी गाउँपालिका–६ भुल्के दोभानमा धान खेत पुरिएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।
बाजुरामा स्याउ टिप्ने बाटो बन्द हुँदा किसान चिन्तित भएका छन् ।
मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणहरुको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको प्राणीको कल्याण गर्नु हो । निःस्वार्थपूर्वक गरिने मानव सेवाबाट मात्रै धर्म प्राप्तिको ढोका खुल्दछ ।
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ ।
गोरखाको पालुङटारमा एक वृद्धको शव फेला परेको छ ।
संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा क्षेत्रीय तनाव कम गर्न आग्रह गर्नुभएको छ । दक्षिण बेरुत र तेहरानमा पछिल्ला आक्रमणहरु दुःखदायी रहेको बताउनुभयो ।
अरब लिग (एएल) का महासचिव अहमद अबोल–घितले अरबका क्षेत्रमा खतरनाक इजरायली आक्रमण हुनसक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
इराकको बाबिल प्रान्तमा इराकी अर्धसैनिक हस्द शाबी फोर्सको सैन्य आधारमा आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ । जसमा अहमद नजम अब्दुल–जाहरा नामक कमाण्डरसहित चार लडाकुको मृत्यु भएको हो ।
कक्षा– १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ । सूचना प्रकाशित गरी नतिजा हेर्ने तरिकाहरू सार्वजनिक गरेको हो ।