• ११ मंसिर २०८१, मङ्गलबार

संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा मध्यपूर्वमा क्षेत्रीय तनाव कम गर्न आग्रह

blog

संयुक्त राष्ट्रसंघ प्रमुख एन्टोनियो गुटेरेस

संयुक्त राष्ट्रसङ्घ, साउन १८ गते । संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा क्षेत्रीय तनाव कम गर्न आग्रह गर्नुभएको छ ।

दक्षिण बेरुत र तेहरानमा पछिल्ला आक्रमणहरु दुःखदायी रहेको बताउनुभयो । उहाँले गाजामा युद्धविराम, सबै इजरायली बन्धकको रिहाइ गर्न आग्रह पनि गर्नुभयो ।

प्रमुख गुटेरेसले गाजामा प्यालेस्टाइनीहरूका लागि सहायता र लेबनानमा शान्ति स्थायित्वका लागि पनि प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले युद्धका कुनै पनि कार्यलाई रोक्न सबैले प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल