• ११ मंसिर २०८१, मङ्गलबार

अरब लिग प्रमुखद्वारा क्षेत्रीय आन्दोलनको चेतावनी

blog

अरब लिग, साउन १८ गते । अरब लिग (एएल) का महासचिव अहमद अबोल–घितले अरबका क्षेत्रमा खतरनाक इजरायली आक्रमण हुनसक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भइरहेको भन्दै यस्ता कार्यहरू नगर्न चेतावनी दिनुभयो । एएल प्रमुखले हत्या गर्नुले अन्तर्राष्ट्रिय मान्यताहरूका लागि ठुलो बेवास्ता र देशहरू बिचको सम्बन्धलाई नियमन गर्ने नियमहरूको अपमान प्रकट गरेको बताउनुभयो ।

उहाँले इजरायलले आफ्नो कार्यको परिणामस्वरूप यस क्षेत्रलाई असर गर्नसक्ने भयावह नतिजाको पूर्वानुमान नगरी लापरवाह नीति अपनाइरहेको बताउनुभयो । अबोल–घितले व्यापक क्षेत्रीय विस्फोट रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले इजरायलमाथि दबाब दिन आवश्यक रहेको जानकारी दिनुभयो ।

इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरले हमास पोलिटब्युरो प्रमुख इस्माइल हानियाहको इरानको राजधानी तेहरानमा हत्या भएको पुष्टि गरेको छ ।

हमास आन्दोलनले आफ्नो नेताको मृत्यु भएको पुष्टि गर्दै हनियाको हत्या इजरायली आक्रमणबाट भएको बताएको छ । इजरायली सरकारले घटनाबारे कुनै टिप्पणी गरेको छैन । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल