• १८ साउन २०८१, शुक्रबार

अरिङ्गालको टोकाइबाट एकको मृत्यु

blog

रमेश विश्वकर्मा

गुल्मी, साउन १८ गते । गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर-२ यादुङ बस्ने ३५ वर्षीय हरिबहादुर कुँवरको अरिङ्गालको टोकाइबाट मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हाे ।

बिहीबार साँझ करिब ७:३० बजेको समयमा घर नजिकै आफ्नो बारीको छेउमा रहेको सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालको टोकाइबाट कुँवर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक केसीका अनुसार अरिङ्गालले शरिरको विभिन्न भागमा टोकी घाइते हुनुभएका निजलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको थियो । घाइते हुनुभएका कुँवरको उपचारको क्रममा शुक्रबार बिहान करिब ८स्२५ बजेको समयमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।