काठमाडौँ उपत्यकामा लक्ष्यभन्दा बढी बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन ९ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा बढी खोप लगाएको हो ।
काठमाडौं उपत्यकामा शुक्रवार दिउँसो भारी वर्षा भएको छ । वर्षासँगै आम नागरिकको जनजीवन प्रभावित बनेको छ ।
महिला सशक्तीकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई समेटेर नेपाली चलचित्र ‘सतीदेवी’ निर्माण गरिएको निर्देशक लक्ष्मण सुवेदीले बताउनुभएको छ ।
आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा नक्कली बिलबिजक बनाएर कारोबार गर्ने ६८ फर्मलाई कारबाही गरेको छ । कार्यालयका प्रमुख नीरन भट्टराईले कारबाहीबाट एक अर्ब चार करोड बराबरको राजस्व निर्धारण गरिएको जानकारी दिनुभयो ।
तीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षापछि बागलुङ नगरपालिका-१० दब्ल्याङमा खसेको पहिरोको कारण कोरिडोर पूर्णरुपमा अवरुद्ध भएको थियो ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका-१ स्थित मौलाकालिका मन्दिर नजिकै रहेको मौलाकाली केबलकार प्रालिको टप स्टेसनमा रहेको निर्माणाधीन भवनको चौथो तल्लाबाट खसेर मजदुरको ज्यान गएको हो ।
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिँदुर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक तथा सांस्कृतिक पहिरन लगाउन पाइने भएको छ ।
सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गर्नुभएको छ।
मध्यपुरथिमि नगरपालिका-३ कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको घरमा सञ्चालित एक फर्निचर उद्योगमा आगलागी हुँदा दुई करोड ६० लाख बराबरको क्षति भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूबिच आपसी समन्वय बढाई परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
काठमाडौँ महानगरपालिका-९ शम्भुमार्गस्थित एक गेष्टहाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभालाई सम्बोधन गर्दे पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रदेश सभामा बोल्दै नेपाली कांग्रेस र नेकपा (एमाले) को माग बमोजिम मार्ग प्रशस्त गरेको बताउनुभयो।
जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन-चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् ।
नवलपुरको गैडाकाेट नगरपालिका वडा नम्बर १ मा रहेको मौलाकालीका केबलकारको निर्माणाधीन भवनबाट लडेर एक जना मजदुरको मृत्यु भएको छ।