• १८ साउन २०८१, शुक्रबार

अब राष्ट्रिय परिचयपत्रमा सांस्कृतिक पहिरन लगाउन पाइने

blog

काठमाडौँ, साउन १९ गते । राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिँदुर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक तथा सांस्कृतिक पहिरन लगाउन पाइने भएको छ । 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कटेलका अनुसार विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्नेछ ।

विवरण पेस गरेको व्यक्तिले नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजात राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सङ्कलन वा छायाप्रतिमा सम्बन्धित व्यक्तिले सक्कल बमोजिम ठिक छ भनी प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ । 

उहाँले व्यक्तिको नागरिकतामा केही विवरण स्पष्ट नभएको खण्डमा सीआइएमएस/नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ताको व्यवस्था मिलाइने बताउनुभयो ।