• १८ साउन २०८१, शुक्रबार

केबलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

blog

मध्यविन्दु (नवलपरासी), साउन १८ गते । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका-१ स्थित मौलाकालिका मन्दिर नजिकै रहेको मौलाकाली केबलकार प्रालिको टप स्टेसनमा रहेको निर्माणाधीन भवनको चौथो तल्लाबाट खसेर मजदुरको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का प्रहरी निरीक्षक सुदीप भण्डारीका अनुसार बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका-२० बस्ने वर्ष २५ का गोरख राउत कुर्मीको खसेर मृत्यु भएको हो । दुर्घटना गए राति भएको भए पनि आज त्यहाँ कार्यरत अन्य कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस