• १८ साउन २०८१, शुक्रबार

मौलाकालिका केबलकारको भवनबाट लडेर मजदुरको मृत्यु

blog

बोमलाल गिरी

नवलपुर, साउन १८ गते। नवलपुरको गैडाकाेट नगरपालिका वडा नम्बर १ मा रहेको मौलाकालीका केबलकारको निर्माणाधीन भवनबाट लडेर एक जना मजदुरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बारा जिल्लाको जितपुर उपमहानगरपालिका २० ईनरवा बसडिलुवाका २२ वर्षीय युवक गोरख राउत कुर्मीको चार तला माथिबाट खसेर मृत्यु भएको हो। 

प्रहरीका अनुसार कुर्मीले निर्माणाधीन भवनमा मार्बलको काम गर्नुहुन्थ्यो। कुर्मीको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।