• १८ साउन २०८१, शुक्रबार

तीन दिनपछि सञ्चालनमा आयो कालीगण्डकी कोरिडोर

blog

ढोरपाटन (बागलुङ), साउन १८ गते । तीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षापछि बागलुङ नगरपालिका-१० दब्ल्याङमा खसेको पहिरोको कारण कोरिडोर पूर्णरुपमा अवरुद्ध भएको थियो । 

मेसिन र कामदार लगाएर पहिरो पन्छाएपछि कोरिडोर सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । कोरिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए । पहिराले सडकको छेउ भाग पूर्णरुपमा बगाउँदा सञ्चालन गर्न लामो समय लागेको यादवले बताउनुभयो । यस क्षेत्रमा ठुलो वर्षा भएसँगै कोरिडोर बन्द हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात विच्छेद हुँदै आएको छ । रासस