दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गए राति अटोरिक्सा बगाएको छ ।
ऐतिहासिक भगवतीको मन्दिरलाई दुई वर्षदेखि प्लास्टिकको छानोको भरमा जोगाइरहेको छ । नेपाल–अङ्ग्रेज युद्धको इतिहास बोकेको मन्दिरको छानो समयमा मर्मतसम्भार हुन नसक्दा दुई वर्षदेखि प्लास्टिकको त्रिपालले छोपेर राखिएको हो । जीर्ण भएर मन्दिरभित्र पानी चुहिएपछि प्लास्टिकको छानो राख्नु परेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । आकाशबाट पानी पर्नेबित्तिकै भित्र पानी चुहिएर मन्दिर थप जोखिममा पर्ने अवस्था आएपछि प्लाास्टिकको ओत लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले बताउनुभयो । पानी परेको बेलामा मन्दिरभित्र गएर पूजा गर्न पनि समस्या रहेको उहाँले बताउनुभयो । मन्दिरको मर्मतसुधारका लागि तीनै तहका सरकारसँग बजेट माग गरिएको भए पनि पर्याप्त बजेट पर्न नसकेको समितिका अध्यक्ष महर्जनले बताउनुभयो । मन्दिरलाई पुरानै स्वरूपमा बनाउन करिब पाँच करोडभन्दा बढी बजेट लाग्ने अनुमान गरिएको समितिका सचिव प्रकाश गङ्गोलले बताउनुभयो ।
रुकुमपश्चिमका चार स्थानीय तहले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । छ वटा स्थानीय तह रहेको यस जिल्लामा दुई स्थानीय तहले भने लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न असफल भएका छन् । चौरजहारी, आठबिसकोट नगरपालिका, बाँफीकोट र त्रिवेणी गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएका छन् तर मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेका छैनन् । ४५ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको बाँफीकोट गाउँपालिकाले ७१ लाख ७७ हजार २९९ रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । बाँफीकोटले २६ लाख ७७ हजार २९९ रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो । आठबिसकोट नगरपालिकाले गत वर्ष दुई करोड ८१ लाख ३२ हजार ९५५ रुपियाँ राजस्व सङ्कलन गरेको छ । उसले दुई करोड ८० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
काठमाडौँ, ललितपुर र कैलाली जिल्लाका केही स्थानमा देखा परिरहेको हैजाको छिटो रोकथाम र फैलावट रोक्न आवश्यक छ । हैजा एक सङ्क्रामक सरुवा रोग हो । यसको चिकित्सकीय उपचारभन्दा रोकथाम र नियन्त्रण प्रभावकारी हुने चिकित्सा विज्ञानबाट प्रमाणित भइसकेको छ । हैजाका सङ्क्रमित बिरामीको दिशामार्फत पानी वा अन्य खानेकुरा प्रदूषित हुँदा यो रोग एक अर्कोमा सर्छ । मानिसमा रोगको सङ्क्रमण भइसकेपछि कडा प्रकारको पखाला लाग्ने, वाक्वाकी र वान्ता हुने, ज्वरो आउने र शरीरबाट धेरै मात्रामा पानी निस्कनाले कडा किसिमको जलवियोजन हुन्छ । कडा जलवियोजनको कारणले बिरामीको समयमा उचित उपचार हुन नसकेमा मृत्यु हुन्छ । हैजाका बिरामीमा कडा जलवियोजन भएमा जिब्रो, मुख र घाँटी सुक्खा
एक दिन चाणक्यलाई उनका एक भक्तले सोधे, “हे, चाणक्य ! विष भनेको के हो ?” चाणक्यले सहज जवाफ दिए, “चाहिँदोभन्दा बढी खाए सबै चिज विष हो ।” मानिसलाई मनोरञ्जन चाहिन्छ । चाहिँदोभन्दा बढी मनोरञ्जनले मानिसलाई भद्दा, रोगी र बेकम्मा बनाउँछ । समय समयमा लिइने ठिक्कको मनोरञ्जनका लैबरी भाका हाम्रा लागि अमृतमय ऊर्जा हुन सक्छन् । आवश्यकताभन्दा बढी मनोरञ्जन पनि मानिसका लागि विष बराबर हो । ज्ञान त्यो अमृत हो, जो जति ग्रहण गरे पनि अपुग हुन्छ । आवश्यकताभन्दा बढी मनोरञ्जन प्रेमले हिजोआज हाम्रो सिर्जनात्मक क्षमतामा दिनदिनै ह्रास आएको छ । हामी ज्ञानका लागि लाइब्रेरीभन्दा बढी मनोरञ्जनका लागि लैबरी खोज्ने भएका छौँ । भर्चुअल दुनियाँमा उपलब्ध मनोरञ्जनका प्रचुर साधनले हा
यस वर्ष आगलागीका घटना धेरै भए । आगलागीले दोहोरो असर गर्छ । यसबाट जनधनको नाश हुनुका साथै वनमा रहने प्राणी पनि नाश हुन्छन् । अझ सङ्कट त त्यतिबेला आइलाग्छ, जब जङ्गली जनावर गाउँ पस्छन् । पानी परेपछि जाने बाढीपहिरोले कतिबेला ज्यान पनि लग्छ भन्न कठिन हुन्छ । शीतलहर र डुबानले निम्त्याउने अत्यास तराईमा उस्तै छ । विपत्को सामाजिक, आर्थिक र पर्यावरणीय लागत अपूरणीय हुन्छ । यस्ता अनेकौँ विपत् छन्, जसले हाम्रो शासकीय क्षमतालाई चुनौती दिँदै सामाजिक र आर्थिक लागत बढाइरहेका छन् ।
पछिल्ला वर्ष युवामा नैराश्य बढ्दै गएको पाइन्छ । युवा मात्रै होइन, प्रौढ पनि नेपालमा केही भएन, नेपालमा केही छैन भनेर गुनासो गर्छन् । पढेलेखेका र शिक्षित युवा र साक्षर पुस्तासमेत नेपालमा केही नहुने भयो वा नेपालमा कामै छैन भनेर पन्छिने वा पलायन हुने क्रम बढ्दो छ । सहरदेखि गाउँसम्म र चिया पसलदेखि तारेहोटलसम्म नेपालमा जति गरे पनि केही हुँदैन भनेर चर्चा गरिन्छ । सरसर्ती हेर्दा ठिकै हो कि जस्तो लाग्न सक्छ । यो सत्य भने होइन ।
तानसेन बजारका विभिन्न स्थानमा नर्कटको तीनखुट्टे लिङ्गाकृति (गठाँमो) राखेर घण्टाकर्ण गठेमङ्गल पर्व मनाइएको छ । बजारका चोक चोकमा गठाँमो ठड्याइएको छ । तानसेनको बसपार्क, नारायणस्थान, शीतलपाटी, टक्सारटोललगायत स्थानमा घण्टाकर्णको लिङ्गाकृति नर्कट राखिएको छ । इतिहासकार तथा संस्कृतिविद् निर्मल श्रेष्ठका अनुसार नर्कटलाई दिनभर चोक, चौबाटो राखिन्छ । घाम अस्ताएपछि टोलवासी मिलेर छ्वालीको चिराग लगाएर नजिकैको नदीमा बिसर्जन गर्ने परम्परा रहेको छ । धान रोपेर सकिएपछि घरभित्रका दूषित कीटाणु, उपियाँ, उडुस भगाउन धूप बालेर धुवाँ पठाउने परम्परा रहेको हो ।
हिन्दु नारीहरुको हरितालिका तीजको पूर्वसन्ध्यामा गायक तथा सर्जक मोतिराज खनालको नयाँ तीज गीत “नक्कले साँईली” सार्वजनिक भएको छ । गीतको शब्द, संगीत स्वयम खनालकै रहेको छ भने गीतमा स्वर खनाल र अहिलेकी चर्चित बाल गायिका कल्पना विष्टको रहेको छ । धेरै गीतहरुबाट चर्चा कमाइ सकेकी गायिका कल्पनाले पहिलो पटक तीजको गीतमा आवाज दिनुभएको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले किताबमा कर र १० प्रतिशत भन्सार शुल्क लगाउने निर्णयलाई मन्त्रीपरिषद्ले फिर्ता लिने निर्णय भइसकेको बताउनुभएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले किताब जात्राको छैँटौँ संस्करणको शुक्रबार राजधानीमा शुभारम्भ गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।
संसद्को सार्वजनिक लेखा समितिमा विद्युत् महसुल निर्धारण सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदनमाथि प्रश्न उठाइएको छ । शुक्रबार उद्योगी र नेपाल विद्युत् प्राधिकरणबिच रहेको डेडिकेटेड तथा ट्रङ्कलाइनको प्रिमियम महसुल विवादका सम्बन्धमा उद्योगी र विषय सम्बद्ध सरकारी अधिकारीलाई बोलाएर गरिएको छलफलका क्रममा सो प्रतिवेदनमाथि समितिका सभापतिलगायत सदस्य सांसदले प्रश्न उठाएका छन् । समितिमा छलफलका क्रममा सभापति ऋषिकेश अधिकारीले आयोगको सिफारिसकै कारण नेपाल विद्युत् प्राधिकरणले बिलिङ गरेको करिब १५ अर्ब ४० करोड रुपियाँ मिनाहा गर्ने गरी आएको प्रतिवेदनमाथि नै आशङ्का गर्नुभयो ।
इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा तनावग्रस्त अवस्था सिर्जन भएकाले लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत गराएको छ । दूतावासले सूचना सार्वजनिक गर्दै लेबनानको दायिहयामा इजरायली आक्रमणमा परेर हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने अवस्था सिर्जना भएकाले त्यहाँ रहेका नेपालीलाई सुरक्षित भएर बस्न सचेत गराएको हो ।
स्थानीय बजारमा सुनको मूल्य बढेर नयाँ रकर्ड कायम गरेको छ । शुक्रबार तोलामा पाँच सय रुपियाँ वृद्धि भएर सुनको मूल्य डेढ लाखनजिक पुगेर नयाँ रेकर्ड कायम गरेको हो । गत साउन २ गते प्रतितोला सुनको मूल्य एक लाख ४९ हजार आठ सय रुपियाँमा कारोबार भएर दुई साता ओरालो लागेर एक लाख ४५ हजार रुपियाँमा झरेको थियो । गत आइतबारदेखि सुनको मूल्य पुनः उकालो लाग्न थालेपछि सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । शुक्रबार प्रतितोला सुनको मूल्य एक लाख ४९ हजार नौ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको इन्धन भण्डारणले खतरा हुने भएकाले अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार नवनियुक्त तीन राज्यमन्त्रीको शपथग्रहण समारोहमा बधाई तथा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले हवाई इन्धन डिपोलाई अन्यत्र सार्न सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई निर्देशन दिनुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो सुरक्षाका दृष्टिकोणले अत्यन्त जोखिममा रहेकोबारे समाचार गोरखापत्रले बिहीबार प्रकाशन गरेको थियो ।