• १९ साउन २०८१, शनिबार

गोरखापत्र समाचार प्रभाव

‘इन्धन डिपो स्थानान्तरण गर्नू’

blog

काठमाडौँ, साउन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको इन्धन भण्डारणले खतरा हुने भएकाले अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार नवनियुक्त तीन राज्यमन्त्रीको शपथग्रहण समारोहमा बधाई तथा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले हवाई इन्धन डिपोलाई अन्यत्र सार्न सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई निर्देशन दिनुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो सुरक्षाका दृष्टिकोणले अत्यन्त जोखिममा रहेकोबारे समाचार गोरखापत्रले बिहीबार प्रकाशन गरेको थियो ।