• ११ असोज २०८१, शुक्रबार

वर्षमा एकदिन मनाएर युवा दिवस सफल हुँदैन : मन्त्री चौधरी

blog

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी ।

काठमाडौँ, साउन १७ गते। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताउनुभएको छ।

अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को मूल समारोह समितिको बैठकमा बोल्नुहुँदै बिहीबार सिंहदरबारमा उहाँले यस्तो बताउनुभएको हो। उहाँले युवा दिवस सफल बनाउन स्वदेशमै युवाका लागि रोजगारी र उत्पादनमूलक क्षेत्र निर्माण गर्न सक्नुपर्ने जानकारी दिनुभयो।

मन्त्री चौधरीले देशका युवाहरू नेपालमै बस्ने योग्य बनाउन नसकेसम्म युवा दिवस मनाउनुको औचित्य नहुने बताउनुभयो। उहाँले युवालाई रोजगारी सिर्जना गर्नेकुरामा बहस गर्नुपर्ने बताउनुभयो।

‘‘अहिले २५ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेका छौँ। अर्को पटक २६ औँ मनाउँछौँ। हामी यो युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर होइन की थोरै मान्छे बसेर भव्यसभ्य कहिले पनि हुँदैन। तपाईँ र हाम्रा देशका युवाहरू जबसम्म नेपालमै बस्ने योग्य बनाउँदैनौँ, हाम्रा युवालाई रोजगारी सिर्जना गर्नसक्नुहुन्न, बहस र छलफलमा अघि बढाउन सक्नुहुन्न, तबसम्म राम्रो हुँदैन,’’ मन्त्री चौधरीले भन्नुभयो, ‘‘धेरे बालबालिकाहरू अहिले पनि पढ्न सकेका छैनन्। हामी २५ युवा दिवस मनाइरहेका छौँ। हामी युवा दिवस मनाउ, भव्य र सभ्य रूपमा। आजदेखि प्रण गरौँ, नेपालमै कसरी रोजगारी, उत्पादन बढाउनसक्ने बहस अघि बढाऔँ। वर्षमा एकदिन मनाएर, चिया खाएर युवा दिवस सफल हुँदैन।’’

मन्त्री चौधरीले युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर सभ्य, भव्य नहुने बताउनुभयो।