पत्रकारिता वा सञ्चार क्षेत्र हरेक राज्यसत्तामा सधैँ प्रतिपक्ष हुन्छ । मिडिया आफ्नो गर्भ सिद्धान्तको यो मूलभूत दायित्वबाट कहिल्यै विचलित हुनुहुँदैन भन्ने विश्वव्यापी मान्यता पनि हो । प्रतिपक्षीय भूमिकालाई आलोचनाको अस्त्रका रूपमा बुझ्ने हो भने यो मान्यतामाथि प्रश्न पनि उठाउन सकिएला । समग्रतामा समालोचनात्मक दृष्टिकोण राख्न, सत्ताको अभ्यासले हुने क्षति वा दमनप्रति खबरदारी गर्ने र सत्तालाई सच्चिनका लागि प्रेरित गर्ने उद्देश्यले आवश्यक वकालत गर्ने कार्य नै संसदीय मा
प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा दोस्रो ठुलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको छ । दुई ठुला दल मिलेर दुई तिहाइको विश्वाससहित बनेको यो सरकारका लागि केही गरेर देखाउने ठुलो अवसर पनि छ । सरकार फेरबदलले दिक्क बनेका जनता दुई ठुला दलको मिलनले
जाजरकोटमा पहिरोको उच्च जोखिम भएपछि यहाँका १२ घर परिवारका ६५ जनालाई लाई सुरक्षित स्थानमा सारिएको छ ।
नेपालले सार्वजनिक खरिदसम्बन्धी कानुन बढी व्यावहारिक, आर्थिक पारदर्शी, सुशासन, प्रतिस्पर्धा, सरललगायतका विषय समावेश गरी ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्दै आयो । यो प्रतिबद्धता विश्व समुदायसामु प्रकट गरे अनुरूप अन्तर्राष्ट्रिय अनुभव तथा स्थापित मान्यताका आधारमा सार्वजनिक खरिद ऐन तथा नियमावलीको मस्यौदा विसं २०६० मा ल्याइयो । लामो बहस र छलफलपश्चात् सार्वाजनिक खरिद ऐन, २०६३ पुस ३० गते प्रमाणीकरण भई तत्काल लागु भयो । नियमावली, २०६
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८१/८२
धन खर्च गरेर जनप्रतिनिधि बन्ने निर्वाचन प्रणाली ठिक हुँदैन । यस विषयमा प्रायः सबै राजनीतिक दलका नेता र सांसदले बोल्ने गरेका छन् तर हालको निर्वाचन प्रणाली बदल्न व्यवस्थापिका संसद्मा भने कुनै सुरसार गरिएको छैन । नेपालका नेताले कुनै विषयमा बोलेको १० वर्ष हुँदा पनि काम नगर्ने पुरानै रोग हो । अझै पनि यो रोगको उपचारमा ध्यान गएको पाइँदैन । यही रोगका कारण स्थानीय, प्रदेश र प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्न सर्वसाधारण हिच्किचाउनुपर्ने अवस्था छ । त्यसैले सरल निर्वाचन पद्धति बसाल्न अहिलेको निर्वाचन प्रणाली बदल्नैपर्ने आवश्यकता छ । अहिलेको प्रणालीमा जतिसुकै ज्ञानी, विवेकी र विद्वान् भए पनि पै
किराँत राई वाम्बु समुदायले बाँसुरी दिवस मनाएका छन् । वाम्बु राई समुदायले साउन १५ मा बाँसुरी दिवसका रूपमा मनाउने गर्छन् । वाम्बुले राई समाजका केन्द्रीय अध्यक्ष गजुरधन राईका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–६, हिलेपानी र काठमाडौँको ललितपुरमा वाम्बुले राईले दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरी बाँसुरी दिवस मनाएका छन् ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेश द्रुतमार्गको प्रगति सात वर्षमा ३५ प्रतिशत मात्रै भएको छ । आयोजनाको विस्तृत आयोजना
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशन गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिन समयसीमा तोकेको छ । जारी सूचना अनुसार अध्यक्षका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्धन तथा प्रवर्धनमा निरन्तर कम्तीमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ ।
सुनसरीका शिवनारायण पण्डित ‘सिङ्गल’ लाई २०८० सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गरिने भएको छ । ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ का लागि गठित ‘स्रष्टा चयन समिति’ को साउन १४ गते सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । सो समितिद्वारा जारी विज्ञप्ति अनुसार २०८० सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ सोइना दाहाललाई दिइने भएको छ । मासिक रूपमा सञ्चालित साहित्य सन्ध्यामा सहभागी हुनेमध्येका स्रष्टालाई सो पुरस्कार प्रदान गरिँदै आएको जनाइएको छ ।
कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा ३२ देशसँग ७२ अर्ब ६३ करोड रुपियाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार नेपालगन्ज नाकाबाट गत आवमा राजस्व सङ्कलन लक्ष्य अनुसार हुन नसके पनि ३.४६ प्रतिशतले वैदेशिक व्यापार वृद्धि भएको छ । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले अघिल्लो आव २०७९/८० को तुलनामा गत आव २०८०/८१ मा नेपालगन्ज नाकाबाट दुई अर्ब ४२ करोड ९५ लाख ६० हजार रुपियाँको वैदेशिक व्यापार बढी भएको बताउनुभयो ।
सरकारले बुधबार १० अर्ब रुपियाँ आन्तरिक ऋण उठाएको छ । सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ११ वर्षका लागि सो रकम बराबरको विकास ऋणपत्र निष्कासन गरेको हो । बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने गरी जारी गरिएको उक्त ऋणपत्र उपर बुधबार दिउँसो बोलकबोल भइसकेको छ । कार्यालयले बोलकबोलमार्फत नै ब्याजदर निर्धारण गरेको छ ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनावश्यक दुःख नदिन इजाजतपत्र प्राप्त संस्था (म्यानपावर) व्यवसायीलाई सचेत गराएको छ । म्यानपावर व्यवसायीले केही युवालाई वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने जस्ता कार्य गरेको गुनासो विभागमा आएकाले यस विषयमा सचेत गराएको हो ।