गोरखाको गण्डकी गाउँपालिकाभित्र उत्पादित तरकारी ढुवानी सहजताका लागि विद्युतीय रोपवे सञ्चालन हुने भएको छ । यही आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट गण्डकी गाउँपालिकाको ५० लाख रुपियाँ र गण्डकी प्रदेश सरकारको ४० लाख गरी कुल ९० लाख रुपियाँ बजेटबाट विद्युतीय रोपवे सञ्चालन हुने भएको हो ।
नवलपरासीको कारागार कार्यालयमा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोदकुमार दत्त कर्णविरुद्ध एक लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ लाई नयाँ विधेयकको रूपमा छिट्टै संसदमा पेस गर्ने बताउनुभएको छ ।
क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट लिगमा नेपालका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले अर्को हार खेपेको छ ।
हाँले बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उज्यालो बुटवल अभियान अन्तर्गत बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान गरिएको छ । बुटवलका २३ वटा विभिन्न चोक तथा चौराहामा १० मिटर, १२ दशमलव ५ मिटर र १६ मिटर अग्ला लाइट जडान गरिएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास भएका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन् । धनगढी उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको हो ।
दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ झारगाउँ निवासी ६७ वर्षीय तेजबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गर्नुभएको छ।
बागमती प्रदेश सभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।
धनुषास्थित कमला नदीमा फसेका तीनजनालाई सकुशल उद्धार गरिएको छ । सबैला नगरपालिका–१३, किरतपुरस्थित कमला नदीमा फसेका तीनजनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
तेह्रथुमका राजनीतिक दल तथा प्रशासन प्रमुखहरूले सो जिल्लाका १३ वर्षदेखि अधुरा रहेका योजनाको काम सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ।