• ११ मंसिर २०८१, मङ्गलबार

बिरामी लिएर उडेको हेलिकोप्टर खेतमा आकस्मिक अवतरण

blog

आकस्मिक अवतरण भएको हेलिकोप्टर ।

प्रेमराज सिम्खडा 

कालिकोट, साउन १६ गते। डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर  प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ।

सुर्खेतको लेखबेंसी नगरपालिका–६ पुरानो घाट नजिकै धान खेतमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरणपछि हेलिकोप्टर  ठुलो दुर्घटनाबाट जोगिएको हो। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काका अनुसार हेलिकोप्टर आकस्मिक अवतरण गरिएपछि बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पतालमा पठाइएको छ।