• ३ जेठ २०८३, आइतबार

अहिलेका मन्त्रीलाई ‘स्टन्ट गर्नु जरुरी छैन : परराष्ट्रमन्त्री राणा

blog

राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकन गर्नुहुँदै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा । तस्बिर ः रासस

काठमाडौँ, साउन १६ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेका मन्त्रीहरूलाई स्टन्ट गर्न जरुरी नरहेको बताउनुभएको छ। उहाँले बुधबार दिउँसो काठमाडौँको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरू रहेको उल्लेख गर्दै आफूहरूले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको जिकिर गर्नुभयो। 

उहाँले अहिले सरकारमा रहेका मन्त्रीलाई र राजनीतिक दललाई हामी नै राम्रो हौँ भने प्रमाणित गरिरहनुपर्ने अवस्था नरहेको बताउनुभयो। उहाँले अहिलेको सरकारले अर्थ कूटनीति र प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी काम गर्ने  बताउनुभयो। उहाँले वर्तमान सरकार कहिले ढल्ला भन्ने भय नरहेकाले ढुक्क भएर काम गर्न समस्या नरहेको बताउनुभयो। उहाँले दुवै राजनीतिक दलहरूको लक्ष्य देश र जनताको विकास, अर्थतन्त्रमा सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण रहेकाले देश परिवर्तन गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘सरकारमा रहेका दुई पार्टी धेरै नै पुराना पार्टीहरू छन्। हामीले काम गर्नसक्छौँ। हामीले देशको लागि केही गर्नसक्छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन। किनभने हामीले गरेर देखाइसकेका छौँ। हामी भन्दा अगाडिको पुस्ताले धेरै गाह्रो समयमा नेपाललाई अघि सारेको पार्टी हो। हामी युनिक छौँ, सबैभन्दा वेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन। अहिले जुन सरकार बनेको छ, हेर्दा हामी सबै भर्खर नयाँ नयाँ छौँ। हुन तः म त्यति होइन, अरुअरु हुनुहुन्छ। इकोनोमिक डिप्लोमेसी, फरेन डाइरेक्ट इन्भेस्टमेन्ट यहाँ ल्याउने, पासपोर्टकै पनि नेपाली डेस्पोरा धेरै छ। अहिलेको सरकार स्टन्ट गर्न होइन, गम्भीर भएर काम गर्ने हो। हामीलाई भोलि जाला कि पर्सी जाला कि भन्ने चिन्ता छैन, निर्धक्कका साथ काम गर्नेछौँ। दुई पार्टी भएपनि एउटै लक्ष्य भएकाले हामीले परिवर्तन गरेर देखाउनेछौँ।’’